काठमाडौं । महावीर क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा मनोहरा युनाइटेड युवा क्लबविरुद्ध ३-१ को जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा महावीरलाई जित दिलाउन शीवप्रसाद चौलागाईँले २ तथा सुरज थारुले १ गोल गरे । मनोहराका लागि सञ्जय श्रेष्ठले १ गोल फर्काए ।
जितसँगै १३ खेलमा १६ अंक जोडेको महावीर आठौं स्थानमा छ । पराजित मनोहरा समान खेलकाट १५ अंकका साथ १० औं स्थानमा छ ।

खेलको १०औं मिनेटमा शीवको गोलमार्फत मनोहराले अग्रता लियो । १० मिनेटपछि शीवले नै टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको इन्जुरी समयमा सुरजले गोल गर्दा महावीर ३-० ले अगाडि बढ्यो । ६९औं मिनेटमा सञ्जयले गरेको गोल मनोहराका लागि सान्त्वना बन्यो ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
