चैत्र ८, २०८२ आइतबार | ०५:४०:४०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने

फाइल तस्विर

काठमाडौं । फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने भएको छ ।  

एसियन फुटबल महासंघ (एएफसी)ले खेल जेठ २४ मा  साउदी अरेबियाको प्रिन्स मोहम्मद विन फहद रंगशालामा हुने जनाएको छ ।

यो खेल नेपालको घरेलु मैदानमै हुनुपर्ने थियो । तर, दशरथ रंगशालामा मापदण्ड नपुगेको भन्दै एएफसीले खेल ‘न्युट्रल भेन्यु’मा गर्न निर्देशन दिएको थियो ।

पहिलो लेग युएईमा हुँदा नेपाल ४-० ले पराजित भएको थियो ।

त्यसअघि वैशाख २० र २१ गते दशरथ रंगशालाको निरिक्षणमा आएको एएफसीका प्रनिनिधिले मैदानको दुबो र माटो सतह तथा फ्लड लाइट र सुरक्षाको विषयमा प्रश्न उठाएका थिए ।

नेपालले आफ्नो घरेलु मैदानमा खेल्न नपाएको यो पहिलो पटक भने होइन । पछिल्लो पटक नेपाल र बहराइनविरुद्ध खेल पनि दशरथ रंगशालाको मापदण्ड पुगेको भन्दै बहराइनमा खेलाइएकाे थियो । चैत ८ गते भएको खेलमा नेपाल ५-० ले पराजित भएको थियो । चैत १३ गते नेपाल पुनः ३-० ले पराजित भयाे ।

समूह ‘एच’ मा रहेको नेपाल यसअघिका चार खेलमा लगातार पराजित हुँदै विश्वकप छनोटबाट बाहिरिसकेको छ । समूहमा १२ अंकसहित युएई तेस्रो चरणमा प्रवेश गरेको छ । बहराइनको सम्भावना उत्तिकै छ । तीन अंकको यमन र नेपालले एएफसी कप २०२७ को तेस्रो चरण छनोट खेल्नेछन् ।

यस्तै, नेपाल र यमनबीच यमनमा हुने खेल पनि साउदी अरेबियामै हुने तय भएको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो