काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आगामी बैशाख २२ देखि जेठ ५ गतेसम्म हुने अन्तरकलेज फुटसल च्याम्पियनसिपमा २४ टोलीको सहभागिता रहने भएको छ ।
प्रतियोगितामा प्लस २ र ब्याचलर अध्ययनरत विद्यार्थीले भाग लिन पाउनेछन् । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिनेछ ।
प्रतियोगिताका खेलहरु लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको हलमा हुने एन्फाले जनाएको छ ।
प्रतियोगिताको विजेताले ५ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसैगरी सर्वोकृष्ट खेलाडीले ५० हजार तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान २५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगितान सहभागिताका लागि बैशाख ४ गते भित्र २० हजार रुपैयाँ तिरेर फारम भर्न सकिने एन्फाले जनाएको छ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
