चैत्र १२, २०८२ बिहीबार | २३:४१:१८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

विराट गोल्डकप: रोमाञ्चक जित निकाल्दै मोरङ सेमिफाइनलमा

विराटनगर। भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) माथि ३-२ को रोमाञ्चक जित निकाल्दै घरेलु टोली मोरङ जिल्ला फुटबल संघ विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणमा सेमिफाइनल प्रवेश गरेको छ ।

विराटनगस्थित सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वार्टरफाइनलमा मोरङलाई जित दिलाउन आशिष चापागाई, सुशिल राई र विदेशी खेलाडी सङ्ग गोल गरे । आरटिएफसी लागि दुवै गोल शोरब दोर्जे फर्काए ।

मोरङले सेमिफाइनलमा विभागीय टोली नेपाल एपिएफ र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको २६औं मिनेटमा विवेक पौडेलको कर्नरलाई आशिषले हेडमार्फत गोल गर्दै मोरङलाई अग्रता दिलाए ।

सात मिनेपछि नै सुशिलले टोलीको अग्रता दोब्बर बनाए ।  उनले मौसम लिम्बुले मध्यभागबाट निकालिदिएको पासलाई सदुपयोग गरे ।

सङ्गले ५०औं  मोरङको अग्रता ३-० को बनाए । आरटिएफसीका गोलकिपर डेन्डुप अगाडी बढेको अवस्थाममा सङ्गले बायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो ।

दोर्जेले ६५औं मिनेटमा खेललाई ३-१ को स्थितीमा ल्याए । केल्जाङ जिग्मेको प्रहार मोरङका गोलकिपर विशाल सुनारले पन्च गर्दै बचाउने प्रयास गर्दा प्राप्त रिबाउन्डलाई दोर्जेले पोस्टको दिशा दिए ।

जिग्मेको पासमा दोर्जेले ७४औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै आरटिएफसीलाई खेलामा फर्काउने संकेत दिएका थिए । तर त्यसपछि थप गोल निस्कन नसक्दा मोरङले ३-२ को रोमाञ्चक जित निकाल्यो ।

आरटिएफसीले पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३-० को सहज जित निकालेको थियो । मोरङले भने सिधै क्वार्टरफाइनल खेलेको हो ।

आइतबार न्युरोड टिम (एनआरटी) र भारतको सिक्किम ड्रागन एफसी भिड्ने छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो