माघ १७, २०८२ शनिबार | १४:१३:२७
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

विराट गोल्डकप: रोमाञ्चक जित निकाल्दै मोरङ सेमिफाइनलमा

विराटनगर। भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) माथि ३-२ को रोमाञ्चक जित निकाल्दै घरेलु टोली मोरङ जिल्ला फुटबल संघ विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणमा सेमिफाइनल प्रवेश गरेको छ ।

विराटनगस्थित सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वार्टरफाइनलमा मोरङलाई जित दिलाउन आशिष चापागाई, सुशिल राई र विदेशी खेलाडी सङ्ग गोल गरे । आरटिएफसी लागि दुवै गोल शोरब दोर्जे फर्काए ।

मोरङले सेमिफाइनलमा विभागीय टोली नेपाल एपिएफ र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको २६औं मिनेटमा विवेक पौडेलको कर्नरलाई आशिषले हेडमार्फत गोल गर्दै मोरङलाई अग्रता दिलाए ।

सात मिनेपछि नै सुशिलले टोलीको अग्रता दोब्बर बनाए ।  उनले मौसम लिम्बुले मध्यभागबाट निकालिदिएको पासलाई सदुपयोग गरे ।

सङ्गले ५०औं  मोरङको अग्रता ३-० को बनाए । आरटिएफसीका गोलकिपर डेन्डुप अगाडी बढेको अवस्थाममा सङ्गले बायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो ।

दोर्जेले ६५औं मिनेटमा खेललाई ३-१ को स्थितीमा ल्याए । केल्जाङ जिग्मेको प्रहार मोरङका गोलकिपर विशाल सुनारले पन्च गर्दै बचाउने प्रयास गर्दा प्राप्त रिबाउन्डलाई दोर्जेले पोस्टको दिशा दिए ।

जिग्मेको पासमा दोर्जेले ७४औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै आरटिएफसीलाई खेलामा फर्काउने संकेत दिएका थिए । तर त्यसपछि थप गोल निस्कन नसक्दा मोरङले ३-२ को रोमाञ्चक जित निकाल्यो ।

आरटिएफसीले पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३-० को सहज जित निकालेको थियो । मोरङले भने सिधै क्वार्टरफाइनल खेलेको हो ।

आइतबार न्युरोड टिम (एनआरटी) र भारतको सिक्किम ड्रागन एफसी भिड्ने छन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।