चैत्र १२, २०८२ बिहीबार | १९:४६:०४
पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै

एन्फामा किर्ते हस्ताक्षर भएको भन्दै पूर्व कर्मचारीले सिआइबीमा गरे उजुरी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङका पूर्व निजी सचिव अमित खत्रीले एन्फा कार्यसमिति बैठकमा समेत किर्ते हस्ताक्षर प्रयोग भएको भन्दै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोमा उजुरी गरेका छन् ।

गत वर्ष फागुन १७ गते बसेको एन्फा कार्यसमिति बैठकमा कार्यसमितिका सदस्य भरत बुढ थापाले ‘आफ्नो हस्ताक्षर किर्ते गरिएको’ तथा अर्का सदस्य टिकाराम लामाले २१ सदस्यीय कार्यसमितिमा आफूसहित ‘१० जनाको मात्र उपस्थिती भएकाले बैठक अवैध हुने’ भन्दै आफ्नो हस्ताक्षर गणना नगर्न भन्दै अध्यक्षलाई पत्राचार गरेका थिए ।

बहुमत सदस्यको मागअनुसार ‘महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीलाई बर्खास्त गर्ने’ एजेन्डा सचिवालयले समावेश नगरेका कारण कार्यसमितिको उक्त बैठक बहुमत सदस्यले बहिस्कार गरेका थिए । आफूले कुनै हस्ताक्षर नगरेको बरु बैठक बहिस्कार गरेको भन्दै भित्र बैठक चलिरहँदा एन्फाको आगनमा पत्रकार सम्मेलन गर्ने बुढ थापा र लामाको हस्ताक्षर समेत गणना गर्दै एन्फाले विभिन्न निर्णयहरु गरेको थियो ।

अध्यक्षका पूर्व निजी सचिव खत्रीले पछिल्लो समय एन्फाभित्रको विकृति र विसंगतीका कारण फुटबल खेलप्रतिको आकर्षण दिनानुदिन घट्दै गएको, धेरै सम्भावना बोकेका खेलाडी समेत भविश्य नदेखेर विदेसिन बाध्य भएको भन्दै छानविनका लागि सिआइबीमा उजुरी गरेका हुन् । खत्रीले कार्यसमितिको उक्त बैठकमा बुढ थापा र लामाको हस्ताक्षरको फरेन्सिक ल्याब परिक्षण गरि दोषी पत्ता लगाउन अनुरोध गरेका छन् ।

खत्रीले एन्फा सचिवालयले उनीहरुको हस्ताक्षर दुरुपयोग गरेको भए एन्फा नेतृत्वलाई वा निवेदकहरुले आफै दुवैतिर हस्ताक्षर गरेर किर्ते गरेको भए उनीहरुलाई जालसाझीमा मुद्धा चलाउन अनुरोध गरेका छन् ।

उक्त बैठक चल्दासम्म अध्यक्षको निजी सचिवको हैसियतमा एन्फामै कार्यरत खत्रीले यसैवर्ष असारमा एन्फाबाट राजीनामा दिएका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो