माघ १५, २०८२ बिहीबार | १८:१४:२४
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

एन्फामा किर्ते हस्ताक्षर भएको भन्दै पूर्व कर्मचारीले सिआइबीमा गरे उजुरी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङका पूर्व निजी सचिव अमित खत्रीले एन्फा कार्यसमिति बैठकमा समेत किर्ते हस्ताक्षर प्रयोग भएको भन्दै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोमा उजुरी गरेका छन् ।

गत वर्ष फागुन १७ गते बसेको एन्फा कार्यसमिति बैठकमा कार्यसमितिका सदस्य भरत बुढ थापाले ‘आफ्नो हस्ताक्षर किर्ते गरिएको’ तथा अर्का सदस्य टिकाराम लामाले २१ सदस्यीय कार्यसमितिमा आफूसहित ‘१० जनाको मात्र उपस्थिती भएकाले बैठक अवैध हुने’ भन्दै आफ्नो हस्ताक्षर गणना नगर्न भन्दै अध्यक्षलाई पत्राचार गरेका थिए ।

बहुमत सदस्यको मागअनुसार ‘महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीलाई बर्खास्त गर्ने’ एजेन्डा सचिवालयले समावेश नगरेका कारण कार्यसमितिको उक्त बैठक बहुमत सदस्यले बहिस्कार गरेका थिए । आफूले कुनै हस्ताक्षर नगरेको बरु बैठक बहिस्कार गरेको भन्दै भित्र बैठक चलिरहँदा एन्फाको आगनमा पत्रकार सम्मेलन गर्ने बुढ थापा र लामाको हस्ताक्षर समेत गणना गर्दै एन्फाले विभिन्न निर्णयहरु गरेको थियो ।

अध्यक्षका पूर्व निजी सचिव खत्रीले पछिल्लो समय एन्फाभित्रको विकृति र विसंगतीका कारण फुटबल खेलप्रतिको आकर्षण दिनानुदिन घट्दै गएको, धेरै सम्भावना बोकेका खेलाडी समेत भविश्य नदेखेर विदेसिन बाध्य भएको भन्दै छानविनका लागि सिआइबीमा उजुरी गरेका हुन् । खत्रीले कार्यसमितिको उक्त बैठकमा बुढ थापा र लामाको हस्ताक्षरको फरेन्सिक ल्याब परिक्षण गरि दोषी पत्ता लगाउन अनुरोध गरेका छन् ।

खत्रीले एन्फा सचिवालयले उनीहरुको हस्ताक्षर दुरुपयोग गरेको भए एन्फा नेतृत्वलाई वा निवेदकहरुले आफै दुवैतिर हस्ताक्षर गरेर किर्ते गरेको भए उनीहरुलाई जालसाझीमा मुद्धा चलाउन अनुरोध गरेका छन् ।

उक्त बैठक चल्दासम्म अध्यक्षको निजी सचिवको हैसियतमा एन्फामै कार्यरत खत्रीले यसैवर्ष असारमा एन्फाबाट राजीनामा दिएका थिए । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।