माघ १६, २०८२ शुक्रबार | २०:५७:४९
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

दश जना बहराइन पठाउन एन्फाले राखेपसँग माग्यो स्विकृति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप छनोटको क्रममा बहराइन जानका लागि दश जना पदाधिकारीको स्विकृति माग गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्र बुझाएको छ ।

राष्ट्रिय खेलकुद ऐन विपरित दश पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको भन्दै बुधबार एन्फालाई कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयले राखेपलाई पत्र काटेको थियो । त्यसपछि बिहिबार एन्फा प्रवक्त सुरेश शाह स्विकृति पत्रसहित त्रिपुरेश्वरस्थित  राखेप कार्यलय पुगेका हुन् ।

एन्फाले बहराइन जाने टोलीमा एन्फा कार्यसमिति सदस्यद्वय टीका लामा र मणिराज विष्ट छन् । डा. राजु डंगोल महर्जन, गोविन्दराज नेपाल (पत्रकार), राजकाजी श्रेष्ठ (श्री भगवती क्लब), शेरबहादुर बस्नेत( झापा जिल्ला फुटबल संघ), रञ्जन कार्की (अध्यक्ष उदयपुर जिल्ला फुटबल संघ), दोलेशकुमार केसी, रामचन्द्र लामा (अध्यक्ष बारा जिल्ला फुटबल संघ), महेशचन्द्र महतको नाम सिफारिस गरेको हो ।

यसैगरी २३ खेलाडीसँगै एन्फाले मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिससँगै, प्रवेश कटुवाल (प्रशिक्षक), विनोद डंगोल (गोलकिपर प्रशिक्षक), मनीष तिम्सिना (गोलकिपर प्रशिक्षक), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), ज्ञानबहादुर राई (किट व्यवस्थापक)का लागि पनि स्विकृति माग गरेको छ । उनीहरु सिधै मलेसियाबाट बहराइन जाने छन् ।

यसैगरी विना स्विकृति मैत्रीपूर्ण खेलका लागि मलेसिया पुगेका दीपक खतिवडा (टोली प्रमुख, एन्फा उपाध्यक्ष), महेन्द्र क्षेत्री (एन्फा सदस्य),इन्द्रमान तुलाधर(सिइओ), जिल्ला सदस्यहरु भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ भने नेपाल फर्किने भएका छन् ।

नेपालले फिफा विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत चैत ८ र १३ गते बहराइनको सामना गर्नेछ । दुवै खेल बहराइनै हुनेछन् । त्यसअघि नेपालले शुक्रबार मलेसियासँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

मैत्रीपूर्ण खेलका लागि टोली बुधबार मलेसिया प्रस्थान गरेको थियो । मन्त्रालयको पत्र आउनुअघि नै टोली मलेसियाका लागि उडिसकेको हुँदा ऐनविपरित गएका दश जनालाई फर्काउन लागिएको हो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।