चैत्र १६, २०८२ सोमबार | ०५:१९:४७
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

दश जना बहराइन पठाउन एन्फाले राखेपसँग माग्यो स्विकृति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप छनोटको क्रममा बहराइन जानका लागि दश जना पदाधिकारीको स्विकृति माग गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्र बुझाएको छ ।

राष्ट्रिय खेलकुद ऐन विपरित दश पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको भन्दै बुधबार एन्फालाई कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयले राखेपलाई पत्र काटेको थियो । त्यसपछि बिहिबार एन्फा प्रवक्त सुरेश शाह स्विकृति पत्रसहित त्रिपुरेश्वरस्थित  राखेप कार्यलय पुगेका हुन् ।

एन्फाले बहराइन जाने टोलीमा एन्फा कार्यसमिति सदस्यद्वय टीका लामा र मणिराज विष्ट छन् । डा. राजु डंगोल महर्जन, गोविन्दराज नेपाल (पत्रकार), राजकाजी श्रेष्ठ (श्री भगवती क्लब), शेरबहादुर बस्नेत( झापा जिल्ला फुटबल संघ), रञ्जन कार्की (अध्यक्ष उदयपुर जिल्ला फुटबल संघ), दोलेशकुमार केसी, रामचन्द्र लामा (अध्यक्ष बारा जिल्ला फुटबल संघ), महेशचन्द्र महतको नाम सिफारिस गरेको हो ।

यसैगरी २३ खेलाडीसँगै एन्फाले मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिससँगै, प्रवेश कटुवाल (प्रशिक्षक), विनोद डंगोल (गोलकिपर प्रशिक्षक), मनीष तिम्सिना (गोलकिपर प्रशिक्षक), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), ज्ञानबहादुर राई (किट व्यवस्थापक)का लागि पनि स्विकृति माग गरेको छ । उनीहरु सिधै मलेसियाबाट बहराइन जाने छन् ।

यसैगरी विना स्विकृति मैत्रीपूर्ण खेलका लागि मलेसिया पुगेका दीपक खतिवडा (टोली प्रमुख, एन्फा उपाध्यक्ष), महेन्द्र क्षेत्री (एन्फा सदस्य),इन्द्रमान तुलाधर(सिइओ), जिल्ला सदस्यहरु भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ भने नेपाल फर्किने भएका छन् ।

नेपालले फिफा विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत चैत ८ र १३ गते बहराइनको सामना गर्नेछ । दुवै खेल बहराइनै हुनेछन् । त्यसअघि नेपालले शुक्रबार मलेसियासँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

मैत्रीपूर्ण खेलका लागि टोली बुधबार मलेसिया प्रस्थान गरेको थियो । मन्त्रालयको पत्र आउनुअघि नै टोली मलेसियाका लागि उडिसकेको हुँदा ऐनविपरित गएका दश जनालाई फर्काउन लागिएको हो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो