माघ १५, २०८२ बिहीबार | १४:५०:२४
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

ऐनविपरित मलेसिया भ्रमणमा पुगेपछि एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको आदेश

काठमाडौं । राष्ट्रिय खेलकुद ऐन विपरित दश पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)लाई कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) राखेपलाई पत्र काटेको छ ।

बुधबार मन्त्रालयले राखेपलाई पत्र लेख्दै ऐनविपरित भ्रमणमा पुगेको र कारबाही गर्न आदेश जारी गरेको हो । ‘एन्फाले खेलकुद ऐनले गरेको व्यवस्थाअनुसार स्विकृती नलिई दश पदाधिकारीलाई भ्रमणमा पठाएको बुझियो । त्यसैले आवश्यक कारबाहीको लागि पत्र काटेका छौं,’ युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता शिव रेग्मीले बताए ।

मलेसियाविरुद्ध शुक्रबार हुने मैत्रीपूर्ण खेलको लागि एन्फाले प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिससँगै, प्रवेश कटुवाल (प्रशिक्षक), विनोद डंगोल (गोलकिपर प्रशिक्षक), मनीष तिम्सिना (गोलकिपर प्रशिक्षक), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), ज्ञानबहादुर राई (किट व्यवस्थापक), दीपक खतिवडा (टोली प्रमुख, एन्फा उपाध्यक्ष ), महेन्द्र क्षेत्री (एन्फा सदस्य) , इन्द्रमान तुलाधर(सिइओ),  जिल्ला सदस्यहरु भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठलाई भ्रमणमा पठाएको छ ।

‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ (झ) मा राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति लिई अन्तर्राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानूनी व्यवस्था रहेकोछ । यस सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद्को च.नं. ६२७ मिति २०८०/११/३० को पत्रानुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम लिनु पर्ने स्वीकृति नलिएको जानकारी प्राप्त भएको हुँदा कानून बमोजिम कारवाही गरी सो को जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिईएको साथै कानून बमोजिम राष्ट्रिय खेलकुद परिषदको स्वीकृति पश्चात मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलन भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न व्यवस्थाको लागि गृह मन्त्रालयमा अनुरोध गर्ने व्यवस्था छ,’ मन्त्रालयले जारी गरेको पत्रमा भनिएको छ । 

पछिल्लो समय घरेलु लिग र क्लबहरुको बक्यौता रकम दिन चरम आर्थिकमन्दी भएको बताउँदै आएको एन्फाले पदाधिकारी खुसी बनाउन विदेश भ्रमणको लोभ देखाउँदै आएको छ ।

स्रोतका अनुसार ती दश पदाधिकारीलाई रोक्न खेलकुद मन्त्रायलले गृहमन्त्रालयहुँदै अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन विभागलाई आदेश दिएको थियो ।  तर, त्यसअघि कै नेपाली टोली मलेसिया प्रस्थान गरिसकेको थियो । 

नेपाली टोली

गोलकिपरः किरण चेम्जोङ, अभिषेक रिजाल, विशाल सुनार
रक्षक:  अभिषेक लिम्बू, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, सुमित श्रेष्ठ
मिडफिल्डर:  भरत खवास, विशाल बस्नेत, लकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रोहन कार्की, उत्सव राई
फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समीर तामाङ, सञ्जीव विष्ट, जिलेस्पीजंग कार्की

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।