चैत्र ६, २०८२ शुक्रबार | १६:३६:५३
न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी

ऐनविपरित मलेसिया भ्रमणमा पुगेपछि एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको आदेश

काठमाडौं । राष्ट्रिय खेलकुद ऐन विपरित दश पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)लाई कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) राखेपलाई पत्र काटेको छ ।

बुधबार मन्त्रालयले राखेपलाई पत्र लेख्दै ऐनविपरित भ्रमणमा पुगेको र कारबाही गर्न आदेश जारी गरेको हो । ‘एन्फाले खेलकुद ऐनले गरेको व्यवस्थाअनुसार स्विकृती नलिई दश पदाधिकारीलाई भ्रमणमा पठाएको बुझियो । त्यसैले आवश्यक कारबाहीको लागि पत्र काटेका छौं,’ युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता शिव रेग्मीले बताए ।

मलेसियाविरुद्ध शुक्रबार हुने मैत्रीपूर्ण खेलको लागि एन्फाले प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिससँगै, प्रवेश कटुवाल (प्रशिक्षक), विनोद डंगोल (गोलकिपर प्रशिक्षक), मनीष तिम्सिना (गोलकिपर प्रशिक्षक), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), ज्ञानबहादुर राई (किट व्यवस्थापक), दीपक खतिवडा (टोली प्रमुख, एन्फा उपाध्यक्ष ), महेन्द्र क्षेत्री (एन्फा सदस्य) , इन्द्रमान तुलाधर(सिइओ),  जिल्ला सदस्यहरु भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठलाई भ्रमणमा पठाएको छ ।

‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ (झ) मा राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति लिई अन्तर्राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानूनी व्यवस्था रहेकोछ । यस सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद्को च.नं. ६२७ मिति २०८०/११/३० को पत्रानुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम लिनु पर्ने स्वीकृति नलिएको जानकारी प्राप्त भएको हुँदा कानून बमोजिम कारवाही गरी सो को जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिईएको साथै कानून बमोजिम राष्ट्रिय खेलकुद परिषदको स्वीकृति पश्चात मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलन भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न व्यवस्थाको लागि गृह मन्त्रालयमा अनुरोध गर्ने व्यवस्था छ,’ मन्त्रालयले जारी गरेको पत्रमा भनिएको छ । 

पछिल्लो समय घरेलु लिग र क्लबहरुको बक्यौता रकम दिन चरम आर्थिकमन्दी भएको बताउँदै आएको एन्फाले पदाधिकारी खुसी बनाउन विदेश भ्रमणको लोभ देखाउँदै आएको छ ।

स्रोतका अनुसार ती दश पदाधिकारीलाई रोक्न खेलकुद मन्त्रायलले गृहमन्त्रालयहुँदै अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन विभागलाई आदेश दिएको थियो ।  तर, त्यसअघि कै नेपाली टोली मलेसिया प्रस्थान गरिसकेको थियो । 

नेपाली टोली

गोलकिपरः किरण चेम्जोङ, अभिषेक रिजाल, विशाल सुनार
रक्षक:  अभिषेक लिम्बू, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, सुमित श्रेष्ठ
मिडफिल्डर:  भरत खवास, विशाल बस्नेत, लकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रोहन कार्की, उत्सव राई
फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समीर तामाङ, सञ्जीव विष्ट, जिलेस्पीजंग कार्की

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो