माघ ३०, २०८१ बुधबार | १३:०९:२३
नेपाल आउँदै अञ्जिला मिचेल स्टार्चले च्याम्पियन्स ट्रफी नखेल्ने अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल समीकरण पूरा पहिलो लेगमा युभेन्टस विजयी पिएसजीको सहज जितमा डेम्बेलेको उत्कृष्ट प्रदर्शन म्यानचेस्टर सिटीविरुद्ध रियालको रोमाञ्चक जित एपिएफका १७ खेलाडी बढुवामा सद्भाव, इधान्त र‌ अभानी शीर्षस्थानमा रूपन्देही सुपर लिगः वेष्टर्न क्रिकेट क्लब च्याम्पियन मैत्रीपूर्ण खेलका लागि नेपाली युवा टोली घोषणा नेपाल आउँदै अञ्जिला मिचेल स्टार्चले च्याम्पियन्स ट्रफी नखेल्ने अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल समीकरण पूरा पहिलो लेगमा युभेन्टस विजयी पिएसजीको सहज जितमा डेम्बेलेको उत्कृष्ट प्रदर्शन म्यानचेस्टर सिटीविरुद्ध रियालको रोमाञ्चक जित एपिएफका १७ खेलाडी बढुवामा सद्भाव, इधान्त र‌ अभानी शीर्षस्थानमा रूपन्देही सुपर लिगः वेष्टर्न क्रिकेट क्लब च्याम्पियन मैत्रीपूर्ण खेलका लागि नेपाली युवा टोली घोषणा

अनिता केसीले प्रीतिको स्थानमा आईलिग खेल्ने

काठमाडौं । मिडफिल्डर अनिता केसीले प्रीति राईको स्थानमा भारतीय महिला आईलिग खेल्ने भएकी छिन् । नेपाल राष्ट्रिय टोलीकी सदस्य प्रीति राई घाइते भएसँगै तीन महिना मैदान बाहिर हुने भएकी छिन् ।

प्रीति भारतीय आईलिगमा किक स्टार्सबाट खेल्ने गरेकी छिन् । तर, घाइते भएपछि किक स्टार्सले नेपाली राष्ट्रि टोलीबाट खेलिरहेकी अनितालाई अनुबन्ध गरेको हो ।

किक स्टार्सले खेल्ने बाँकी तीन खेलमा अनिताले खेल्नेछिन् । अनिताले पहिलो पटक आईलिग खेल्न उत्साहित रहेको बताइन् । ‘पहिलो पटक आईलिग खेल्ने अवसर पाएको छु । त्यसकोलागि निकै उत्साहित छु,’ अनिताले भनिन्, ‘प्रीति घाइते भएपछि अवसर पाएको हो । उसको अभाव हुन नदिने प्रयास गर्छु ।’

किक स्टार्सले ओडिसा एफसी, सेथु एफसी र गोकुल केरेलासँग खेल्न बाँकी छ ।  तीन खेल बाँकी रहँदा ६ जित, दुई बराबर र एक हारसहित २० अंक जोडेर तेस्रो स्थानमा छ । यस सिजन ७ खेल खेलिसक्दा प्रीतिसँगै दीपा शाहीले किक स्टार्सको लागि सानदार प्रदर्शन गरेका छन् । १० खेल खेलिसकेको गोकुलम केरेला २३ अंकसहित शीर्ष स्थानमा छ ।

यससिजन आई लिगमा ६ नेपाली खेलाडीले खेलेका छन् । प्रीति र दीपासँगै राष्ट्रिय महिला टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा, गीता राना, रश्मिकुमारी घिसिङ र अमृता जैसीले खेलेका हुन् । एञ्जिला र गीता सेथु एफसीमा छन् । रश्मि र अमृता स्पोर्ट्स उडिसामा आवद्ध छन् ।


भिडियो
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु