माघ १९, २०८२ सोमबार | ००:०४:४४
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

नेपाल र बहराइनबीचको खेल दशरथ रंगशालामा नहुने

फाइल फोटो

काठमाडौं । फिफा विश्वकप २०२६ छनोट तथा एसियन कप छनोटअन्तरगत बहराइनसँग हुने खेल दशरथ रंगशालामा नहुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार दरशरथ रंगशालामा खेल नहुने पुष्टि गरेको हो । खेल अब न्युट्रल भेन्युमा हुनेछ ।

पछिल्लो समय दशरथ रंगशालाको दुबो कमजोर भएपछि बहराइनले एसियाली फुटबल महासंघ (एएफसी) लाई उजुरी गरेको थियो । उसले मैदानमा अवस्था यही रहे नेपालमा नखेल्ने एएफसीलाई जानकारी बताएको थियो ।  

बहराइनका प्रतिनिधि केही दिनअघि नेपाल आएर मैदान निरिक्षण गरेका थिए । बहराइनको उजुरीपछि एएफसीको म्याच कमिस्नरको भूमिकामा नेपाल आएका मिन्दु दोर्जेले मैदानको निरिक्षण गरेका थिए । उनले मैदान खेल्न योग्य नरहेको बताएपछि खेल सरेको हो ।

नेपाल र बहराइनबीचकाे खेल चैत ८ गते दशरथ रंगशालामा हुने तय थियो । समूह ‘एच’मा रहेको नेपालले यसअघिका दुवै खेल हारिसकेको छ । युएई र यमनसँग हारेको

नेपालको यु-२३ टोली र चीनको प्रान्तिय टिमबीच खेल हुँदा नै मैदानको सर्बत्र आलोचना भएको थियो । कमजोर मैदानमा खेलाएको तथा दुबो भन्दा बढी माटो देखिनु र बढी धुलो उडेपछि समर्थकले आलोचना गरेका थिए ।

त्यसैगरी गत साता नेपाल रग्बी संघको आयोजनामा रग्बी राष्ट्रिय स्तरको फिप्टिन्स रग्बी च्याम्पियनसिप आयोजना भएको थियो । यसैगरी दशरथ रंगशालामै शनिबार केपी ओेली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइन पनि हुँदैछ ।

दशरथ रंगशाला नेपाल सरकार मातहतको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले रेखदेख गर्छ । राखेपले रंगशालामा फुटबलका साथै अन्य विभिन्न कार्यक्रम आयोजना गर्न शुल्क लिएर स्विकृति दिने गरेको छ । राष्ट्रिय संघहरुलाई भने निशुल्क खेल प्रतियोगिता आयोजना गर्न दिन्छ ।

नेपालमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त फुटबल मैदान दशरथ रंगशाला मात्रै हो । तर, यो पनि सरकार मातहत भएकाले सबै खेललाई अवसर दिने गरेको छ । जसको प्रभाव फुटबललाई पर्छ । वर्षभर जोगाएर राखेको दुबो यस्तै प्रतियोगिता र कन्सर्टको समयमा बिग्रन्छ ।

यसअघि सन् २०१९ नेपाल र कुवेतबीचको छनोट खेल पनि दशरथ रंगशाला तयार नहुँदा न्युट्रल भेन्युको रुपमा भुटान पुगेको थियो । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।