चैत्र ११, २०८२ बुधबार | २२:५१:०८
निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध

नेपाल र बहराइनबीचको खेल दशरथ रंगशालामा नहुने

फाइल फोटो

काठमाडौं । फिफा विश्वकप २०२६ छनोट तथा एसियन कप छनोटअन्तरगत बहराइनसँग हुने खेल दशरथ रंगशालामा नहुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार दरशरथ रंगशालामा खेल नहुने पुष्टि गरेको हो । खेल अब न्युट्रल भेन्युमा हुनेछ ।

पछिल्लो समय दशरथ रंगशालाको दुबो कमजोर भएपछि बहराइनले एसियाली फुटबल महासंघ (एएफसी) लाई उजुरी गरेको थियो । उसले मैदानमा अवस्था यही रहे नेपालमा नखेल्ने एएफसीलाई जानकारी बताएको थियो ।  

बहराइनका प्रतिनिधि केही दिनअघि नेपाल आएर मैदान निरिक्षण गरेका थिए । बहराइनको उजुरीपछि एएफसीको म्याच कमिस्नरको भूमिकामा नेपाल आएका मिन्दु दोर्जेले मैदानको निरिक्षण गरेका थिए । उनले मैदान खेल्न योग्य नरहेको बताएपछि खेल सरेको हो ।

नेपाल र बहराइनबीचकाे खेल चैत ८ गते दशरथ रंगशालामा हुने तय थियो । समूह ‘एच’मा रहेको नेपालले यसअघिका दुवै खेल हारिसकेको छ । युएई र यमनसँग हारेको

नेपालको यु-२३ टोली र चीनको प्रान्तिय टिमबीच खेल हुँदा नै मैदानको सर्बत्र आलोचना भएको थियो । कमजोर मैदानमा खेलाएको तथा दुबो भन्दा बढी माटो देखिनु र बढी धुलो उडेपछि समर्थकले आलोचना गरेका थिए ।

त्यसैगरी गत साता नेपाल रग्बी संघको आयोजनामा रग्बी राष्ट्रिय स्तरको फिप्टिन्स रग्बी च्याम्पियनसिप आयोजना भएको थियो । यसैगरी दशरथ रंगशालामै शनिबार केपी ओेली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइन पनि हुँदैछ ।

दशरथ रंगशाला नेपाल सरकार मातहतको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले रेखदेख गर्छ । राखेपले रंगशालामा फुटबलका साथै अन्य विभिन्न कार्यक्रम आयोजना गर्न शुल्क लिएर स्विकृति दिने गरेको छ । राष्ट्रिय संघहरुलाई भने निशुल्क खेल प्रतियोगिता आयोजना गर्न दिन्छ ।

नेपालमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त फुटबल मैदान दशरथ रंगशाला मात्रै हो । तर, यो पनि सरकार मातहत भएकाले सबै खेललाई अवसर दिने गरेको छ । जसको प्रभाव फुटबललाई पर्छ । वर्षभर जोगाएर राखेको दुबो यस्तै प्रतियोगिता र कन्सर्टको समयमा बिग्रन्छ ।

यसअघि सन् २०१९ नेपाल र कुवेतबीचको छनोट खेल पनि दशरथ रंगशाला तयार नहुँदा न्युट्रल भेन्युको रुपमा भुटान पुगेको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो