माघ १७, २०८२ शनिबार | १२:१२:०४
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

लेवनानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । लेवनानमाथि २–१ को रोमाञ्चक जित निकाल्दै नेपाल वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति दोस्रो सेमिफाइनलको दोस्रो हाफमा पुनरागमन जित निकाल्दै नेपालले उपाधिको लािग जोर्डनसँगको भेट तय गरेको हो । पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० ले हराउँदै जोर्डन फाइनलमा पुगिसकेको छ ।

नेपालको पुनरागमन जितमा सावित्रा भण्डारी र प्रीति राईले गोल गरेका थिए । साउदी अरेबियाको रियादमा इन्जुरी समयमा गोल गर्दै प्रीति राईले नेपालको जित सुनिश्चित गरेकी हुन् । रिबाउन्ड बलमा उनले बक्स बाहिरबाट हानेको प्रहार सिधै जाली चुमेको थियो ।

खेलको ७५औं मिनेटमा नेपाल खेलमा फर्किएको हो । लेवनानको रक्षकले गरेको गल्ती फाइदा उठाउँदै सावित्राले बराबरी गोल गरेकी हुन् ।

यसअघि खेलको ३८औं मिनेटमा नेपालकी रक्षक पुजा रानाले आत्माघाति गोल गरेपछि नेपाल खेलमा पछि परेको थियो । रक्षक पुजा रानाले गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा अगाडी बढेको अवस्थामा दिएको ब्याकपास जाली चुमेको थियो ।

नेपाल लेवनानविरुद्ध अट्याकिङ थर्डमा पुगेर गोल गर्न चुकेको थियो । जसको कारण निकै कठिन जित निकाल्न पुग्यो ।

प्रशिक्षक राजेन्द्र तामाङले ३८औं मिनेटमा अनिता बस्नेतको स्थानमा विमल चौधरी मैदान प्रवेश गराएका थिए । ६७औं मिनेटमा रेखा पौडेलको स्थानमा रश्मि कुमारी घिसिङ र अनिता केसीको स्थानमा दीपा शाही मैदान पठाएपछि नेपाल गोल फर्काउन सफल भएको थियो । ७१औं मिनेटमा अमिषा कार्कीको स्थानमा सविता राना मगर तथा पुजा रानाको स्थानमा विमला विक मैदान प्रवेश गरेपछि खेल नेपालको नियन्त्रणमा रह्यो ।

यसअघि समूह बी मा नेपालले सिरिया, इराक र प्यालेस्टाइनलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।

नेपाल पहिलो पटक वाफ च्याम्पियनसिपमा सहभागी भएको हो । एञ्जिलाको कप्तानीमा नेपाल ३८ वर्षपछि उपाधि जित्यो लक्ष्यमा छ । यसअघि नेपालले १० फाइनल खेलपछि उपाधि जित्न सकेको छैन । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।