चैत्र ८, २०८२ आइतबार | १२:१५:५८
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

लेवनानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । लेवनानमाथि २–१ को रोमाञ्चक जित निकाल्दै नेपाल वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति दोस्रो सेमिफाइनलको दोस्रो हाफमा पुनरागमन जित निकाल्दै नेपालले उपाधिको लािग जोर्डनसँगको भेट तय गरेको हो । पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० ले हराउँदै जोर्डन फाइनलमा पुगिसकेको छ ।

नेपालको पुनरागमन जितमा सावित्रा भण्डारी र प्रीति राईले गोल गरेका थिए । साउदी अरेबियाको रियादमा इन्जुरी समयमा गोल गर्दै प्रीति राईले नेपालको जित सुनिश्चित गरेकी हुन् । रिबाउन्ड बलमा उनले बक्स बाहिरबाट हानेको प्रहार सिधै जाली चुमेको थियो ।

खेलको ७५औं मिनेटमा नेपाल खेलमा फर्किएको हो । लेवनानको रक्षकले गरेको गल्ती फाइदा उठाउँदै सावित्राले बराबरी गोल गरेकी हुन् ।

यसअघि खेलको ३८औं मिनेटमा नेपालकी रक्षक पुजा रानाले आत्माघाति गोल गरेपछि नेपाल खेलमा पछि परेको थियो । रक्षक पुजा रानाले गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा अगाडी बढेको अवस्थामा दिएको ब्याकपास जाली चुमेको थियो ।

नेपाल लेवनानविरुद्ध अट्याकिङ थर्डमा पुगेर गोल गर्न चुकेको थियो । जसको कारण निकै कठिन जित निकाल्न पुग्यो ।

प्रशिक्षक राजेन्द्र तामाङले ३८औं मिनेटमा अनिता बस्नेतको स्थानमा विमल चौधरी मैदान प्रवेश गराएका थिए । ६७औं मिनेटमा रेखा पौडेलको स्थानमा रश्मि कुमारी घिसिङ र अनिता केसीको स्थानमा दीपा शाही मैदान पठाएपछि नेपाल गोल फर्काउन सफल भएको थियो । ७१औं मिनेटमा अमिषा कार्कीको स्थानमा सविता राना मगर तथा पुजा रानाको स्थानमा विमला विक मैदान प्रवेश गरेपछि खेल नेपालको नियन्त्रणमा रह्यो ।

यसअघि समूह बी मा नेपालले सिरिया, इराक र प्यालेस्टाइनलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।

नेपाल पहिलो पटक वाफ च्याम्पियनसिपमा सहभागी भएको हो । एञ्जिलाको कप्तानीमा नेपाल ३८ वर्षपछि उपाधि जित्यो लक्ष्यमा छ । यसअघि नेपालले १० फाइनल खेलपछि उपाधि जित्न सकेको छैन । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो