काठमाडौं । आयोजक स्वस्तिश्री गुरुकुल आइबी वर्ल्ड स्कुलको ‘ए’ टिमले तेस्रो एसजी अन्तर विद्यालय फुटसल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । स्वस्तिश्रीले ग्लोक्सी पब्लिकलाई ५-० ले पराजित गर्यो ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काले गरे। सो अवसरमा नेपाल विद्यालय खेलकुद महासंघका उपाध्यक्ष एवं ब्राइट फ्युचर स्कुलका प्रबन्धक मोहनकुमार कार्की, स्वस्तिश्रीकी प्रबन्ध निर्देशक मिना महर्जन, प्रिन्सिपल नेहा केसीलगायतको उपस्थिति रहेको थियो । स्वस्तिश्रीका कप्तान दीपखत राईले खेलाडीकोतर्फबाट शपथ ग्रहण गरेका थिए ।
फागुन १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उपत्यकाभरका १५ विद्यालयका २८ टोलीले यु-१२, यु-१४ र यु-१६ गरी तीन विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
