चैत्र १४, २०८२ शनिबार | ०३:०४:३४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

१० पदाधिकारीले गरे एन्फा साधारणसभा बहिस्कार

काठमाडौं । एजेन्डा विवादका कारण कार्यसमितिका बहुमत १० पदाधिकारीले एन्फा साधारणसभा बहिस्कार गरेका छन् ।

 एन्फा वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष तथा सात सदस्यले कार्यसमिति बैठकबाट पास नभएका एजेन्डा फिर्ता नलिएका कारण उदघाटन सत्र पनि बहिस्कार गरे ।

आइतबार कार्यसमितिका १० सदस्यले पास नगरिएका एजेन्डा फिर्ता लिन अनुरोध गरेका थिए ।

साधारणसभामा प्रस्तुत गर्ने विषय सुचि तय गर्न यही फागुन ३ देखि ६ गतेसम्म बसेको कार्यसमिति बैठकमा भएका छलफल र निर्णयभन्दा बाहिर गएर अरु विषय सुचिहरु थपिएको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, दुई उपाध्यक्ष विराटजंग शाही र दीर्घबहादुर केसी (कुमार) सहित कार्यसमितिका १० सदस्यले विरोध जनाएका हुन् ।

यसरी विरोध जनाउनेमा वरिष्ठ उपाध्यक्ष खड्का, उपाध्यक्षद्धय शाही र केसीसहित सदस्यहरु रमेश ब्यन्जनकार, अनिल मल्ल ठकुरी, भोजराज शाही, रविन्द्र चन्द, मनिष जोशी, रुपेश अधिकारी र पेमा डोल्मा लामा छन् ।

२१ सदस्यीय एन्फा कार्यसमितिका उपाध्यक्ष दावा कुंगा लामा लागु औषध कारोबारमा दोषी ठहर भएर अदालतले उनलाई जेल सजाय तोकेको १० वर्ष पुरानो निर्णय सार्वजनिक भएपछि सम्पर्कविहिन छन् ।

लामा सम्पर्कविहिन भएपछि कार्यसमितिमा अब २० जनामात्र बाँकी छन् । त्यसमा कुनै पनि विषयमा मत बराबर भएमा मात्र अध्यक्षले निर्णायक मत हाल्ने प्रावधान छ । पहिलो चरणमै १० सदस्यले विरोध जनाएपछि बहुमत नेतृत्वको विपक्षमा देखिन्छ ।

बहुमत १० सदस्यले आइतबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई इमेल लेख्दै आफूहरुको असहमति पत्र इमेलमार्फत नियमानुसार दर्ता गर्न अनुरोध गरेका थिए ।

पत्रमा बहुमत सदस्यले ‘फागुन ३ देखि ६ गतेसम्म चलेको बैठकमा भएका छलफल र निर्णयभन्दा बाहिर गएर अरु विषय सुचिहरु कार्यसमितिबाट पास भएको भनि पत्राचार गरिएकोले महासचिवले हाम्रो उपस्थितिको दुरुपयोग गर्नुभएको हाम्रो ठहर छ’ भन्दै सचिवालयले किर्ते गरेको आरोप लगाएका छन् ।

यसैगरी गत आर्थिक वर्ष २०७९/८०को लेखा परिक्षण प्रतिवेदनको विषयमा कार्यसमितिमा छलफल भए पनि कैफियतहरुको निराकरण नभई पास नगर्ने भनिएकोमा यथास्थितीमा पेश गरिएको जनाउँदै त्यसप्रति आफूहरुको गम्भीर आपत्ति रहेको पनि पत्रमा उल्लेख छ ।

लेखा परिक्षणलाई यथास्थितीमा साधारणसभामा पेश गर्ने भए लेखा परिक्षकले प्रस्तुत गरेको म्यानेजमेन्ट लेटर साधारणसभामा सबै सदस्यलाई लेखा परिक्षण प्रतिवेदनसँगै वितरण गर्नुपर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी अध्यक्ष नेम्वाङ, महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीले लिनुपर्ने माग बहुमत सदस्यले गरेका छन् ।

त्यस्तै एन्फाको आर्थिक नियमावली र आर्थिक कार्यविधि संशोधन प्रस्ताब कार्यसमितिको बैठकबाट निर्णय नभए पनि साधारणसभाको विषय सुचिमा जस्ताको तस्तै पेश गर्न लागिएको भन्दै बहुमत सदस्यले विरोध जनाएका हुन्।

वरिष्ठ उपाध्यक्षसहितका १० सदस्यले फागुन ३ देखि ६ गतेसम्म बसेको बैठकमा आफूहरुको उपस्थितीको दुरुपयोग गरिएको भन्दै साधारणसभाअगाडि नै बैठक आह्वान गरि निर्णय पुस्तिका कार्यसमितिलाई उपलब्ध गराउन माग गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो