चैत्र १६, २०८२ सोमबार | १५:०४:३६
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

एन्फा कार्यसमिति बैठकले चौथो दिनपनि पूर्णता पाएन

फाइल फोटो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठक आइतबार पनि स्थगित भएको छ। बिहीबारदेखि सुरु भएको बैठकले चौथो दिनपनि पूर्णता पाउन सकेन।

बैठकको एजेन्डा नम्बर चार संघको फागुन १४ गते हुने नियमित साधारण सभामा संघको आर्थिक नियमावली र कार्यवीधी संसोधन बारेको छलफलमा असहमती भएपछि आइतबारको बैठक स्थगित भएको हो ।

‘आज पनि सहमति भएन । चौथो दिन भयो । चौथो बुदामै छौं । एकलौटी ढङ्गत आर्थिक नियमावली बनाइएको छ । यो हुनुहुदैन ,यो त आर्थिक समितिको काम हो भनेर मैले आवाज उठाएको थिए,’ एन्फा केन्द्रिय सदस्य अनिल मल्लले भने,‘तर उहाँहरुले मान्नु भएन । नेतृत्वले आर्थिक समितिको परिकल्पना अनुसार काम गरिहेको छैन । यसैगरी उहाँहरुले सामाग्री खरिद नियमावली पनि बनाउनु भएको छ । यी सबैमा अध्यक्ष, महासचिव र कोषाध्यक्ष छन् । यो ठिक हैन । त्यसैले हामी विराेधमा उत्रिएका हाैं । ’

गत वर्ष असारमा प्रचण्ड बहुमतका साथ पंकजविक्रम नेम्वाङको अध्यक्षतामा पूरा प्यानल नै निर्वाचित भए पनि एन्फा कार्यसमिति चुनावलगत्तै आपसी विवादमा रुमल्लिएको थियो । त्यसयता विना विवाद एउटै बैठक सञ्चालन गर्न नसकेको एन्फाको बिहीबार बिहानलाई तय भएको बैठक पनि बहुमत सदस्यको विरोधका कारण बस्न सकेको थिएन् ।

अध्यक्ष नेम्वाङका मुख्य सहयोगीका रुपमा रहँदै आएका उपाध्यक्ष दावा लामा लागु औषध कारोबारको अपराधमा अदालतबाट दोषी ठहर भएको १० वर्ष पुरानो निर्णय सार्वजनिक भएपछि सम्पर्कविहिन छन् । २१ सदस्यीय कार्यसमितिमा लामा सम्पर्कविहिन भएपछि बाँकी २० मध्ये ११ जनाले बिहीबार बैठकको उपस्थिती पुस्तिकामा हस्ताक्षर गर्न नमानेपछि कोरम नपुगेर बैठक स्थिगित भएको थियो ।

बिहिबारको बैठक स्थिगित भएपछि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले शुक्रबारलाई अर्को बैठक बोलाएका थिए । शुक्रबार पनि दुई नम्बर एजेन्डामा विवाद भएपछि बैठक स्थगित भएको थियो ।

शनिबार दुई नम्बबर र तीन नम्बरको एजेन्डामा छलफल भएको थियो ।

अध्यक्ष नेम्वाङको विपक्षमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षद्धय विराटजंग शाही र दीर्घबहादुर केसी (कुमार), कार्यसमिति सदस्यहररु अनिल मल्ल, रविन्द्रबहादुर चन्द, भोजराज शाही, रुपेश अधिकारी, रमेश ब्यन्जनकार र पेमा डोल्मा लामा छन् । यसैगरी पछिल्ला बैठकहरुमा अध्यक्ष नेम्वाङको पक्षमा रहँदै आएका मणीराज विष्ट र मनिष जोशी पनि यसपाली विपक्षमा उभिएका छन् ।

अल्पमतमा परेका अध्यक्ष नेम्वाङको पक्षमा उपाध्यक्ष दीपक खतिवडा तथा सदस्यहरु महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, भरत बुढ थापा, विकास श्रेष्ठ, दीपेन्द्र धिमाल, टिका लामा र सरिला श्रेष्ठ छन् ।

फागुन १४ गतेको साधारणसभाको तयारीका लागि यो बैठक बोलाइएको हो । यसले साधारणसभामा पेश गर्ने वार्षिक बजेट तथा कार्यक्रम तय गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो