माघ १७, २०८२ शनिबार | ०५:३१:४७
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

एन्फा कार्यसमिति बैठकले चौथो दिनपनि पूर्णता पाएन

फाइल फोटो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठक आइतबार पनि स्थगित भएको छ। बिहीबारदेखि सुरु भएको बैठकले चौथो दिनपनि पूर्णता पाउन सकेन।

बैठकको एजेन्डा नम्बर चार संघको फागुन १४ गते हुने नियमित साधारण सभामा संघको आर्थिक नियमावली र कार्यवीधी संसोधन बारेको छलफलमा असहमती भएपछि आइतबारको बैठक स्थगित भएको हो ।

‘आज पनि सहमति भएन । चौथो दिन भयो । चौथो बुदामै छौं । एकलौटी ढङ्गत आर्थिक नियमावली बनाइएको छ । यो हुनुहुदैन ,यो त आर्थिक समितिको काम हो भनेर मैले आवाज उठाएको थिए,’ एन्फा केन्द्रिय सदस्य अनिल मल्लले भने,‘तर उहाँहरुले मान्नु भएन । नेतृत्वले आर्थिक समितिको परिकल्पना अनुसार काम गरिहेको छैन । यसैगरी उहाँहरुले सामाग्री खरिद नियमावली पनि बनाउनु भएको छ । यी सबैमा अध्यक्ष, महासचिव र कोषाध्यक्ष छन् । यो ठिक हैन । त्यसैले हामी विराेधमा उत्रिएका हाैं । ’

गत वर्ष असारमा प्रचण्ड बहुमतका साथ पंकजविक्रम नेम्वाङको अध्यक्षतामा पूरा प्यानल नै निर्वाचित भए पनि एन्फा कार्यसमिति चुनावलगत्तै आपसी विवादमा रुमल्लिएको थियो । त्यसयता विना विवाद एउटै बैठक सञ्चालन गर्न नसकेको एन्फाको बिहीबार बिहानलाई तय भएको बैठक पनि बहुमत सदस्यको विरोधका कारण बस्न सकेको थिएन् ।

अध्यक्ष नेम्वाङका मुख्य सहयोगीका रुपमा रहँदै आएका उपाध्यक्ष दावा लामा लागु औषध कारोबारको अपराधमा अदालतबाट दोषी ठहर भएको १० वर्ष पुरानो निर्णय सार्वजनिक भएपछि सम्पर्कविहिन छन् । २१ सदस्यीय कार्यसमितिमा लामा सम्पर्कविहिन भएपछि बाँकी २० मध्ये ११ जनाले बिहीबार बैठकको उपस्थिती पुस्तिकामा हस्ताक्षर गर्न नमानेपछि कोरम नपुगेर बैठक स्थिगित भएको थियो ।

बिहिबारको बैठक स्थिगित भएपछि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले शुक्रबारलाई अर्को बैठक बोलाएका थिए । शुक्रबार पनि दुई नम्बर एजेन्डामा विवाद भएपछि बैठक स्थगित भएको थियो ।

शनिबार दुई नम्बबर र तीन नम्बरको एजेन्डामा छलफल भएको थियो ।

अध्यक्ष नेम्वाङको विपक्षमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षद्धय विराटजंग शाही र दीर्घबहादुर केसी (कुमार), कार्यसमिति सदस्यहररु अनिल मल्ल, रविन्द्रबहादुर चन्द, भोजराज शाही, रुपेश अधिकारी, रमेश ब्यन्जनकार र पेमा डोल्मा लामा छन् । यसैगरी पछिल्ला बैठकहरुमा अध्यक्ष नेम्वाङको पक्षमा रहँदै आएका मणीराज विष्ट र मनिष जोशी पनि यसपाली विपक्षमा उभिएका छन् ।

अल्पमतमा परेका अध्यक्ष नेम्वाङको पक्षमा उपाध्यक्ष दीपक खतिवडा तथा सदस्यहरु महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, भरत बुढ थापा, विकास श्रेष्ठ, दीपेन्द्र धिमाल, टिका लामा र सरिला श्रेष्ठ छन् ।

फागुन १४ गतेको साधारणसभाको तयारीका लागि यो बैठक बोलाइएको हो । यसले साधारणसभामा पेश गर्ने वार्षिक बजेट तथा कार्यक्रम तय गर्नेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।