माघ ९, २०८२ शुक्रबार | ०४:१४:००
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल

च्याम्पियन बन्ने नेपालको लक्ष्य

फाइल फोटो

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले साउदी अरेबियामा हुने वाफ महिला च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य रहेको बताएकी छन् ।

अखिल नेपाल फुटबल संघ ( एन्फा) ले शुक्रबार आयोजन गरेको बिदाइ कार्यक्रममा कप्तान एन्जिलालेल यस्तो प्रतिक्रिउा दिएकी हन् ।

‘ती टिम (वाफ च्याम्पियनसिपमा सहभागि देश) को पहिलो पहिलो पटक सामना गर्दैछौं । एक टिमसँग जुनियर तहमा खेलेको अनुभव छ तर सिनियर टिमसँग खेलेका छैनौं । हामी पनि बलिया टिम हौं र च्याम्पियन बन्नकै लागि खेल्नेछौं,’ कप्तान एन्जिलाले भनिन्,‘,इन्डियन लिग खेलिरहेका ६ जना र  फ्रेन्च क्लबमा आबद्ध भएकी सावित्रा भण्डारी (साम्बा) का करण टोली थप बलियो भएको छ ।इतिहास बनाउँदै साउदीमा च्याम्पियन हुने विश्वास छ ।’


नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको ३८ वर्ष भएपनि हालसम्म उपाधि जित्न सकेको छैन । नेपालले  टिम  दक्षिण एसियाली फुटबल महासंघ ( साफ) महिला च्याम्पियनसिपमा पाँच, दक्षिण एसियाली खेलकुदमा तीन, नाडेज्दा कप (काराकोल, कीर्गिस्तान) र हिरो गोल्डकप (भुवनेश्वर, भारत) मा  समान एक गरी   १० पटक फाइनलमा निरास बनेको छ ।

एन्जिलासँगै रक्षक गीता राना (सेथु एफसी), अमृता जैसी र रश्मिकुमारी घिसिङ (स्पोर्टस उडिसा), दीपा शाही र प्रिती राई (किकस्टार्टएफसी) बाट इन्डियन वुमन प्रिमियर लिग खेलीरहेका छन् । उनीहरु प्रतियोगितापछि भारत नै जानेछन् ।


गत महिना फ्रान्सको शीर्ष डिभिजन लिग डी वान आर्के क्लब एना भान गेङगाङ्पमा अनुबन्ध भएसँगै सावित्रा भण्डारी फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने पहिलो नेपाली बनेकी थिइन् । सावित्रा फ्रान्सबाटै साउदी अरेबिया पुग्नेछिन् ।


प्रतियोगिताको समूह ‘बी’ मा नेपाल प्यालेस्टाइन, सिरीया र इराक छन् । यसैगरी आठ टोलीको सहभागिता रहने प्रतियोगितामा आयोजक साउदी अरेबिया, ग्वाम, लेबनन र जोर्डन समूह ‘ए’ मा परेका छन् ।

नेपालले फेब्रुअरी २० मा सिरियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसको दुई दिनपछि नेपालको सामना इराकसँग हुनेछ । समूहको अन्तिम खेलमा नेपालले फेब्रुअरी २४ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । गल्फ राष्ट्रहरु प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपालले यसपाली आमन्त्रित टोलीका रूपमा सहभागिता जनाउन लागेको हो । फेब्रुअरी १९ देखि २८ सम्म हुने प्रतियोगिताको समूह चरणका खेलहरु जेडाह सहरस्थित किङ अब्दुल्ला स्पोर्टस सिटी रंगशालामा हुनेछन् । सेमिफाइनल र फाइनल भने प्रिन्स अब्दुल्ला अल फैसल स्पोर्टस सिटीमा हुनेछन् ।

 टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ, सहायक प्रशिक्षकमा कमला राखल र श्याम मानन्धर छन् । त्यस्तै एन्फाले व्यवस्थापकमा ब्रिन्दा दीवान र गोलकिपर प्रशिक्षकमा उज्जवल मानन्धरलाई जिम्मेवारी दिएको छ ।

नेपाली टोली

गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना रानामगर ,उषा नाथ,

रक्षकः अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, सविना चौधरी,

मिडफिल्डरः अमिषा कार्की, अनिता केसी, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही, सरस्वती हमाल, चन्द्र भण्डारी

फरवार्डः सविता रानामगर, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, रेखा पौडेल

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate