चैत्र १७, २०८२ मंगलबार | ०६:५३:१६
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा

च्याम्पियन बन्ने नेपालको लक्ष्य

फाइल फोटो

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले साउदी अरेबियामा हुने वाफ महिला च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य रहेको बताएकी छन् ।

अखिल नेपाल फुटबल संघ ( एन्फा) ले शुक्रबार आयोजन गरेको बिदाइ कार्यक्रममा कप्तान एन्जिलालेल यस्तो प्रतिक्रिउा दिएकी हन् ।

‘ती टिम (वाफ च्याम्पियनसिपमा सहभागि देश) को पहिलो पहिलो पटक सामना गर्दैछौं । एक टिमसँग जुनियर तहमा खेलेको अनुभव छ तर सिनियर टिमसँग खेलेका छैनौं । हामी पनि बलिया टिम हौं र च्याम्पियन बन्नकै लागि खेल्नेछौं,’ कप्तान एन्जिलाले भनिन्,‘,इन्डियन लिग खेलिरहेका ६ जना र  फ्रेन्च क्लबमा आबद्ध भएकी सावित्रा भण्डारी (साम्बा) का करण टोली थप बलियो भएको छ ।इतिहास बनाउँदै साउदीमा च्याम्पियन हुने विश्वास छ ।’


नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको ३८ वर्ष भएपनि हालसम्म उपाधि जित्न सकेको छैन । नेपालले  टिम  दक्षिण एसियाली फुटबल महासंघ ( साफ) महिला च्याम्पियनसिपमा पाँच, दक्षिण एसियाली खेलकुदमा तीन, नाडेज्दा कप (काराकोल, कीर्गिस्तान) र हिरो गोल्डकप (भुवनेश्वर, भारत) मा  समान एक गरी   १० पटक फाइनलमा निरास बनेको छ ।

एन्जिलासँगै रक्षक गीता राना (सेथु एफसी), अमृता जैसी र रश्मिकुमारी घिसिङ (स्पोर्टस उडिसा), दीपा शाही र प्रिती राई (किकस्टार्टएफसी) बाट इन्डियन वुमन प्रिमियर लिग खेलीरहेका छन् । उनीहरु प्रतियोगितापछि भारत नै जानेछन् ।


गत महिना फ्रान्सको शीर्ष डिभिजन लिग डी वान आर्के क्लब एना भान गेङगाङ्पमा अनुबन्ध भएसँगै सावित्रा भण्डारी फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने पहिलो नेपाली बनेकी थिइन् । सावित्रा फ्रान्सबाटै साउदी अरेबिया पुग्नेछिन् ।


प्रतियोगिताको समूह ‘बी’ मा नेपाल प्यालेस्टाइन, सिरीया र इराक छन् । यसैगरी आठ टोलीको सहभागिता रहने प्रतियोगितामा आयोजक साउदी अरेबिया, ग्वाम, लेबनन र जोर्डन समूह ‘ए’ मा परेका छन् ।

नेपालले फेब्रुअरी २० मा सिरियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसको दुई दिनपछि नेपालको सामना इराकसँग हुनेछ । समूहको अन्तिम खेलमा नेपालले फेब्रुअरी २४ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । गल्फ राष्ट्रहरु प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपालले यसपाली आमन्त्रित टोलीका रूपमा सहभागिता जनाउन लागेको हो । फेब्रुअरी १९ देखि २८ सम्म हुने प्रतियोगिताको समूह चरणका खेलहरु जेडाह सहरस्थित किङ अब्दुल्ला स्पोर्टस सिटी रंगशालामा हुनेछन् । सेमिफाइनल र फाइनल भने प्रिन्स अब्दुल्ला अल फैसल स्पोर्टस सिटीमा हुनेछन् ।

 टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ, सहायक प्रशिक्षकमा कमला राखल र श्याम मानन्धर छन् । त्यस्तै एन्फाले व्यवस्थापकमा ब्रिन्दा दीवान र गोलकिपर प्रशिक्षकमा उज्जवल मानन्धरलाई जिम्मेवारी दिएको छ ।

नेपाली टोली

गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना रानामगर ,उषा नाथ,

रक्षकः अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, सविना चौधरी,

मिडफिल्डरः अमिषा कार्की, अनिता केसी, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही, सरस्वती हमाल, चन्द्र भण्डारी

फरवार्डः सविता रानामगर, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, रेखा पौडेल

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो