माघ १७, २०८२ शनिबार | १३:१२:११
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

मेयर कपः सेन्ट जेभियर्स र नेपालगन्ज मोडेल फाइनलमा

मोडेलका गोकर्ण पुन मगरलाई म्यान अफ दी म्याचको पुरस्कार प्रदान गर्दै भेरी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाई (दायाँ) ।

नेपालगन्ज । मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिताको छात्रतर्फ नेपालगञ्ज सेन्ट जेभियर्स र नेपालगञ्ज मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेका छन् । 

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा सेन्ट जेभियर्सले जय बागेश्वरी र नेपालगञ्ज मोडेलले कृष्ण मावीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

धम्बोझीस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भइरहेको प्रतियोगितामा सेन्ट जेभियर्सले जय बागेश्वरीलाई १-० ले पराजित गर्यो। सेन्ट जेभियर्सको जितमा ४५औं मिनेटमा आशिष सुनारले गरेको गोल नै निर्णायक भएको थियो । सेन्ट जेभियर्सका आशिष सुनार म्याद अफ दी घोषित भए । उनलाई केएल दुगड समूहका कार्यकारी प्रवन्धक प्रदीपकुमार छाजेडले पुरस्कृत गरे ।

अर्को सेमिफाइनलमा नेपालगञ्ज मोडेलले कृष्ण मावीलाई टाइब्रेकरमा ३-० ले पराजित गर्यो । निर्धारित समयमा दुवै तर्फबाट २-२ गोल भएको थियो । 

सातौं मिनेटमा रब्बु मल्लको गोलबाट मोडेलले अग्रता लिएको थियो । १८ मिनेटमा कृष्ण माविका निर्मल परियारले बराबरी गोल गरे । मोडेलले योगेश शाही ठकुरीको गोलबाट २७औं मिनेटमा पुनः अग्रता लियो । तर मध्यान्तर हुन दुई मिनेट बाँकी रहँदा विकाल बाह्रघरेले कृष्ण मावीका लागि बराबरी गोल गरे ।

खेलमा मोडेलका गोकर्ण पुनमगर म्यान अफ दी म्याच घोषित भए । उनलाई भेरी अस्पताल नेपालगञ्जका पूर्व मोडिकल सुपरीटेन्डेन्ट डा. बद्री चापागाईले पुरस्कृत गरे ।

यसैगरी छात्रातर्फ मनकामना मावी खजुराले जनसेवा मावी, गिजरालाई टाइब्रेकरमा ४-३ ले हराउँदै फाइनल यात्रा तय गर्यो । निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो । लक्ष्मी विकको गोलबाट मनकामनाले २२औं मिनेटमा अग्रता लिएको थियो । जसलाई ४०औं मिनेटमा जनसेवाका पुष्पा कामीले बराबरीमा ल्याइन ।

अब उपाधीको लागि मनकामनाले नेपालगञ्ज मोडेल एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । छात्र /छात्रा दुवैको फाइनल खेल बुधबार हुने एन्फाका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी गराए ।

प्रतियोगितामा छात्रतर्फ २८ र छात्रातर्फ ५ स्कूलले भाग लिएका छन् । प्रतियोगिताको विजेताले २१ हजार उपविजेताले ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।