चैत्र ६, २०८२ शुक्रबार | १५:४०:२१
न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी

मेयर कपः सेन्ट जेभियर्स र नेपालगन्ज मोडेल फाइनलमा

मोडेलका गोकर्ण पुन मगरलाई म्यान अफ दी म्याचको पुरस्कार प्रदान गर्दै भेरी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाई (दायाँ) ।

नेपालगन्ज । मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिताको छात्रतर्फ नेपालगञ्ज सेन्ट जेभियर्स र नेपालगञ्ज मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेका छन् । 

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा सेन्ट जेभियर्सले जय बागेश्वरी र नेपालगञ्ज मोडेलले कृष्ण मावीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

धम्बोझीस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भइरहेको प्रतियोगितामा सेन्ट जेभियर्सले जय बागेश्वरीलाई १-० ले पराजित गर्यो। सेन्ट जेभियर्सको जितमा ४५औं मिनेटमा आशिष सुनारले गरेको गोल नै निर्णायक भएको थियो । सेन्ट जेभियर्सका आशिष सुनार म्याद अफ दी घोषित भए । उनलाई केएल दुगड समूहका कार्यकारी प्रवन्धक प्रदीपकुमार छाजेडले पुरस्कृत गरे ।

अर्को सेमिफाइनलमा नेपालगञ्ज मोडेलले कृष्ण मावीलाई टाइब्रेकरमा ३-० ले पराजित गर्यो । निर्धारित समयमा दुवै तर्फबाट २-२ गोल भएको थियो । 

सातौं मिनेटमा रब्बु मल्लको गोलबाट मोडेलले अग्रता लिएको थियो । १८ मिनेटमा कृष्ण माविका निर्मल परियारले बराबरी गोल गरे । मोडेलले योगेश शाही ठकुरीको गोलबाट २७औं मिनेटमा पुनः अग्रता लियो । तर मध्यान्तर हुन दुई मिनेट बाँकी रहँदा विकाल बाह्रघरेले कृष्ण मावीका लागि बराबरी गोल गरे ।

खेलमा मोडेलका गोकर्ण पुनमगर म्यान अफ दी म्याच घोषित भए । उनलाई भेरी अस्पताल नेपालगञ्जका पूर्व मोडिकल सुपरीटेन्डेन्ट डा. बद्री चापागाईले पुरस्कृत गरे ।

यसैगरी छात्रातर्फ मनकामना मावी खजुराले जनसेवा मावी, गिजरालाई टाइब्रेकरमा ४-३ ले हराउँदै फाइनल यात्रा तय गर्यो । निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो । लक्ष्मी विकको गोलबाट मनकामनाले २२औं मिनेटमा अग्रता लिएको थियो । जसलाई ४०औं मिनेटमा जनसेवाका पुष्पा कामीले बराबरीमा ल्याइन ।

अब उपाधीको लागि मनकामनाले नेपालगञ्ज मोडेल एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । छात्र /छात्रा दुवैको फाइनल खेल बुधबार हुने एन्फाका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी गराए ।

प्रतियोगितामा छात्रतर्फ २८ र छात्रातर्फ ५ स्कूलले भाग लिएका छन् । प्रतियोगिताको विजेताले २१ हजार उपविजेताले ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो