चैत्र ८, २०८२ आइतबार | ०७:१८:५९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एन्फा अध्यक्ष नेम्वाङलाई जवाफ फर्काउँदा विमानस्थलबाटै फर्काइए रेफ्री शाक्य

काठमाडौं । विहीबारबाट बंगलादेशको ढाकामा सुरु हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ महिला च्याम्पियनसिपका लागि प्रस्थान गरेकी फिफा सहायक रेफ्री राधिका शाक्य विमानस्थलबाट घर फर्कन बाध्य भएकी छिन् ।

बुधबार राष्ट्रिय टोलीसँगै विमानस्थल पुगेकी शाक्य घर फर्किन बाध्य भएकी हुन् । अखिल नेपाल फुटबल संघ(एन्फा)ले आइतबार राष्ट्रिय टोलीसँगै रेफ्री फिफा रेफ्री अन्जना राई र शाक्यलाई बिदाई गरेको थियो ।

मंगलबार अन्तिम समयमा एन्फाले शाक्यको नाम काटिदिएको बुझिन्छ । साफ च्याम्पियनसिप जस्तो ठूलो अवसरका लागि तयार रहेकी शाक्य हातमा नियुक्ति पत्र, भिसा र टिकट हुनका बावजुद अध्यक्ष नेम्वाङलाई जवाफ फर्काएकी कारण प्रतियोगितामा सहभागी हुन पाइनन्  ।

‘विमानस्थलमा आएर बल्ल थाहाँ पाएँ । कारणहरु त्यस्तो केही पनि छैन । तर, पनि केही खबर नै नगरीकन मेरो नाम काटिएको रहेछ, ’ घटनापछि शाक्यले खेलाडी डकटमसँग दुख पोखिन्,  ‘यस्तो पनि हुँदो रहेछ । मेरो त्यत्रो मिहिनेत खेरा गयो । स्थानीय भए त केही फरक पर्दैन थियो । तर, अन्तर्राष्ट्रिय अवसर गुमाउनु पर्याे ।’

शाक्यले यस्तो परिस्थिति आउने सोचेकी पनि थिइनन् । तर, घटनापछि भने बुधबार एन्फा अध्यक्षसँग परेको जवाफ सम्झेको बताइन् । ‘बुधबार विदाई कार्यक्रमको समापनपछि म तल गएको थिएँ । सबै खेलाडी र अफिसियलहरु भने फोटो खिचेर बसिरहेका थिए । पछि म, इन्दु (दुवाल) र अन्जना कुरा गरिरहको बेला अध्यक्ष आएर आक्रोशित मुद्रामा तँ नबोल भन्नुभयो,’ शाक्यले घटना सुनाइन्, ‘ अध्यक्षको यस्तो शब्दपछि मैले पनि म किन नबोल्ने भनेर जवाफ फर्काएको हो  ।’

एन्फा आन्तरिक विवाद र नेतृत्वका कारण बिमानस्थलबाट फर्कन परेको घटना भने पहिलो हैन । यसअघि उपाध्यक्ष विराटजंग शाही पनि विमानस्थलबाट फर्कन परेको थियो । घर परिवारबाट बिदाई पछि विमानस्थल पुगेका उनको स्थानमा अध्यक्ष नेम्वाङले मणिराज विष्टलाई फिफाको कार्यक्रममा सहभागी गराएका थिए ।

प्रतियोगितामा सहभागी हुन ३१ सदस्यीय नेपाली टोली ढाका प्रस्थान गरेको छ । सारा बज्राचार्यको कप्तानीमा नेपालले भारत, बंगलादेश र भुटानसँग खेल्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो