माघ १७, २०८२ शनिबार | १५:५८:३८
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

एन्फा अध्यक्ष नेम्वाङलाई जवाफ फर्काउँदा विमानस्थलबाटै फर्काइए रेफ्री शाक्य

काठमाडौं । विहीबारबाट बंगलादेशको ढाकामा सुरु हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ महिला च्याम्पियनसिपका लागि प्रस्थान गरेकी फिफा सहायक रेफ्री राधिका शाक्य विमानस्थलबाट घर फर्कन बाध्य भएकी छिन् ।

बुधबार राष्ट्रिय टोलीसँगै विमानस्थल पुगेकी शाक्य घर फर्किन बाध्य भएकी हुन् । अखिल नेपाल फुटबल संघ(एन्फा)ले आइतबार राष्ट्रिय टोलीसँगै रेफ्री फिफा रेफ्री अन्जना राई र शाक्यलाई बिदाई गरेको थियो ।

मंगलबार अन्तिम समयमा एन्फाले शाक्यको नाम काटिदिएको बुझिन्छ । साफ च्याम्पियनसिप जस्तो ठूलो अवसरका लागि तयार रहेकी शाक्य हातमा नियुक्ति पत्र, भिसा र टिकट हुनका बावजुद अध्यक्ष नेम्वाङलाई जवाफ फर्काएकी कारण प्रतियोगितामा सहभागी हुन पाइनन्  ।

‘विमानस्थलमा आएर बल्ल थाहाँ पाएँ । कारणहरु त्यस्तो केही पनि छैन । तर, पनि केही खबर नै नगरीकन मेरो नाम काटिएको रहेछ, ’ घटनापछि शाक्यले खेलाडी डकटमसँग दुख पोखिन्,  ‘यस्तो पनि हुँदो रहेछ । मेरो त्यत्रो मिहिनेत खेरा गयो । स्थानीय भए त केही फरक पर्दैन थियो । तर, अन्तर्राष्ट्रिय अवसर गुमाउनु पर्याे ।’

शाक्यले यस्तो परिस्थिति आउने सोचेकी पनि थिइनन् । तर, घटनापछि भने बुधबार एन्फा अध्यक्षसँग परेको जवाफ सम्झेको बताइन् । ‘बुधबार विदाई कार्यक्रमको समापनपछि म तल गएको थिएँ । सबै खेलाडी र अफिसियलहरु भने फोटो खिचेर बसिरहेका थिए । पछि म, इन्दु (दुवाल) र अन्जना कुरा गरिरहको बेला अध्यक्ष आएर आक्रोशित मुद्रामा तँ नबोल भन्नुभयो,’ शाक्यले घटना सुनाइन्, ‘ अध्यक्षको यस्तो शब्दपछि मैले पनि म किन नबोल्ने भनेर जवाफ फर्काएको हो  ।’

एन्फा आन्तरिक विवाद र नेतृत्वका कारण बिमानस्थलबाट फर्कन परेको घटना भने पहिलो हैन । यसअघि उपाध्यक्ष विराटजंग शाही पनि विमानस्थलबाट फर्कन परेको थियो । घर परिवारबाट बिदाई पछि विमानस्थल पुगेका उनको स्थानमा अध्यक्ष नेम्वाङले मणिराज विष्टलाई फिफाको कार्यक्रममा सहभागी गराएका थिए ।

प्रतियोगितामा सहभागी हुन ३१ सदस्यीय नेपाली टोली ढाका प्रस्थान गरेको छ । सारा बज्राचार्यको कप्तानीमा नेपालले भारत, बंगलादेश र भुटानसँग खेल्नेछ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।