चैत्र ८, २०८२ आइतबार | ०२:४२:५६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

पुलिसलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

पोखरा । विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २३औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समीर तामाङको निर्णायक गोलमा चर्च ब्वाइज क्लबले मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा पुलिसलाई हराएको हो । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । चर्च ब्वाइजले अब सेमिफाइनलमा बिहीबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

नेपाल पुलिस क्लबका कप्तान राम वाजेको प्रहार रोक्ने प्रयासमा चर्च ब्वाइज क्लबका समीर तामाङ, तस्वीरः सुदर्शन रन्जित

दोस्रो हाफको मध्यतिर पुलिसका गोलकिपर शत्रुघन चौधरी र डिफेन्डर दीपेन्द्र विकेबीच तालमेल नमल्दा समीरले त्यसको फाइदा लिएका हुन् । शत्रुघन बल बचाउन अघि बढिरहेको अवस्थामा समीरले बल खोस्दै खाली पोस्टमा गोल गरे । जुन गोल चर्च ब्वाइजलाई सेमिफाइनल पुर्याउन निर्णायक बन्यो ।

यसबाहेक दुवै टोलीले केही राम्रा अवसर सृजना गरेपनि गोल गर्न नसक्दा खेल १-० मा समाप्त भएको हो ।

बुधबार हुने पहिलो सेमिफाइनलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबको सामना गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो