चैत्र ९, २०८२ सोमबार | ००:४८:१४
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

छोटो समयमा पनि राम्रो टोली तयार भएको छः प्रशिक्षक साहुखल

फाइल तस्बिर

काठमाडौं । नेपालका मुख्य प्रशिक्षक बालगोपाल साहुखलले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-१९ च्याम्पियनसिपका लागि छोटो समयको तयारीमा पनि राम्रो टोली बनेको बताएका छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) मिडियासँग कुराकानी गर्दै साहुखलले छोटो तयारी भए पनि टोली राम्रो बनेको र उपाधि जित्ने लक्ष्य रहेको प्रतिक्रिया दिएका हुन् ।

‘सबै टोली उपाधि जित्नका लागि नै आएका हुन्छन् । हाम्रो पनि त्यही लक्ष्य हो । यसपाली हामी पोसेसनमा काम गरेका छौं । अहिले  खेल्ने तरिका केही फरक छ,’ साहुखलले भने,‘छोटो समयको भएपनि तयारी राम्रो भएको छ । टोली राम्रो बनेको छ । मेरो रणनीति अनुसार खेलाडीले खेलेका छन् । जुन उनीहरुका लागि एकदमै नयाँ हो ।’

साहुखलले भारत र आयोजक बंगलादेश उपाधिको बलियो दावेदार भएपनि नेपाल चुनैती दिन तयार बताए ।

‘बंगलादेश र भारत प्रतियोगिताको बलिया टोली हुन् । तर, हाम्रो पनि साफा इतिहास बलियो नै छ । बंगलादेश र भारतको टोली एकेडेमीका खेलाडीलाई समेटिएको छ,’ साहुखलले थपे,‘तर, हाम्रो खुल्ला छनोट भनिरहँदा टोली कमजोर भने छैन । तीन हप्तामा राम्रो काम भएको छ । हामी चुनौती दिन तयार छौं ।’

साफ महिला यु-१९ च्याम्पियनसिप फेब्रुअरी २ देखि ८ सम्म हुने बंगलादेशको ढाकामा हुँदैछ ।

नेपालले फेब्रुअरी २ मा साविक विजेता बंगलादेशको सामना गर्नेछ । उक्त खेल ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्ताफा कमल रंगशालामा स्थानिय समयअनुसार साँझ ७ बजे सुरु हुनेछ ।

यस्तै नेपालले फेब्रुअरी ४ मा भुटान र फेब्रुअरी ६ मा भारतको सामना गर्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा भारत र भुटान आमने सामने हुनेछन् । यसपटक बंगलादेश, नेपाल, भारत र भुटानले सहभागिता जनाउँदा पाकिस्तान, श्रीलंका र माल्दिभ्स अनुपस्थित छन् ।  

सहभागी चार टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी साहुखलले लिग नहुँदा पनि खुल्ला छनोटबाट धेरै सकारात्मक पक्ष भेटेको बताए ।

‘हाम्रोमा लिग नहुँदा पनि खुल्ला छनोट गर्दा सकारात्मक पक्ष धेरै भेट्यौं । शारीरिक रुपमा खेलाडी बलिया छन्,’ साहुखलले भने,‘ रणनीतिक रुपमा हामीले काम गरेका छौं । सिकाइएका कुराहरु मैदानमा देखाउने हो भने सकारात्मक नतिजाको अपेक्षा गर्न सक्छौं ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो