माघ २, २०८२ शुक्रबार | २०:३३:३०
सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल

छोटो समयमा पनि राम्रो टोली तयार भएको छः प्रशिक्षक साहुखल

फाइल तस्बिर

काठमाडौं । नेपालका मुख्य प्रशिक्षक बालगोपाल साहुखलले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-१९ च्याम्पियनसिपका लागि छोटो समयको तयारीमा पनि राम्रो टोली बनेको बताएका छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) मिडियासँग कुराकानी गर्दै साहुखलले छोटो तयारी भए पनि टोली राम्रो बनेको र उपाधि जित्ने लक्ष्य रहेको प्रतिक्रिया दिएका हुन् ।

‘सबै टोली उपाधि जित्नका लागि नै आएका हुन्छन् । हाम्रो पनि त्यही लक्ष्य हो । यसपाली हामी पोसेसनमा काम गरेका छौं । अहिले  खेल्ने तरिका केही फरक छ,’ साहुखलले भने,‘छोटो समयको भएपनि तयारी राम्रो भएको छ । टोली राम्रो बनेको छ । मेरो रणनीति अनुसार खेलाडीले खेलेका छन् । जुन उनीहरुका लागि एकदमै नयाँ हो ।’

साहुखलले भारत र आयोजक बंगलादेश उपाधिको बलियो दावेदार भएपनि नेपाल चुनैती दिन तयार बताए ।

‘बंगलादेश र भारत प्रतियोगिताको बलिया टोली हुन् । तर, हाम्रो पनि साफा इतिहास बलियो नै छ । बंगलादेश र भारतको टोली एकेडेमीका खेलाडीलाई समेटिएको छ,’ साहुखलले थपे,‘तर, हाम्रो खुल्ला छनोट भनिरहँदा टोली कमजोर भने छैन । तीन हप्तामा राम्रो काम भएको छ । हामी चुनौती दिन तयार छौं ।’

साफ महिला यु-१९ च्याम्पियनसिप फेब्रुअरी २ देखि ८ सम्म हुने बंगलादेशको ढाकामा हुँदैछ ।

नेपालले फेब्रुअरी २ मा साविक विजेता बंगलादेशको सामना गर्नेछ । उक्त खेल ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्ताफा कमल रंगशालामा स्थानिय समयअनुसार साँझ ७ बजे सुरु हुनेछ ।

यस्तै नेपालले फेब्रुअरी ४ मा भुटान र फेब्रुअरी ६ मा भारतको सामना गर्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा भारत र भुटान आमने सामने हुनेछन् । यसपटक बंगलादेश, नेपाल, भारत र भुटानले सहभागिता जनाउँदा पाकिस्तान, श्रीलंका र माल्दिभ्स अनुपस्थित छन् ।  

सहभागी चार टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी साहुखलले लिग नहुँदा पनि खुल्ला छनोटबाट धेरै सकारात्मक पक्ष भेटेको बताए ।

‘हाम्रोमा लिग नहुँदा पनि खुल्ला छनोट गर्दा सकारात्मक पक्ष धेरै भेट्यौं । शारीरिक रुपमा खेलाडी बलिया छन्,’ साहुखलले भने,‘ रणनीतिक रुपमा हामीले काम गरेका छौं । सिकाइएका कुराहरु मैदानमा देखाउने हो भने सकारात्मक नतिजाको अपेक्षा गर्न सक्छौं ।’


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate