चैत्र ७, २०८२ शनिबार | २२:००:४४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

आहा रारा गोल्डकपको संरक्षकमा पोखरा महानगर

पोखरा । करिब साढे दुई दशकदेखि निरन्तर सञ्चालित ‘आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता’ को पोखरा लेखनाथ महानगरपालिका संरक्षक बनेको छ ।

सहारा क्लबपोखरा आयोजनामा २०५७ को क्याराभानदेखि २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपसम्म आइपुग्दा यसको चिनारी सीमा पारसम्म फैलिएको छ । यो नेपालमा संचालित फुटबल प्रतियोगितामध्ये नियमित संचालित एकमात्र प्रतियोगिता हो ।

पोखरा महानगरपालिकाको २५ औं कार्यपालिका बैठकले ‘पोखरा गोल्डकप’ नामकरण गरी आयोजकले यसको संरक्षकत्व ग्रहण गर्न अवसर दिएकोमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

 सहारा क्लब पोखराको शुक्रबार नै बसेको कार्यसमिति बैठकले पनि महानगर संरक्षक बनेकोमा आभार व्यक्त गरेको छ । बैठक क्लबअध्यक्ष केशवराज बरालको अध्यक्षतामा बसेको थियो ।

 माघ ९ देखि २० सम्म पोखरा रंगशालामा सञ्चालन हुने फुटबल प्रतियोगितामा यसपटक १२ टोलीले भाग लिएका छन् ।

२०६१ सालदेखि आवासीय रुपमा निशुल्क स्वास्थ्य, शिक्षा, दीक्षालगायत फुटबल प्रशिक्षण दिँदै आएको क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गर्दै आएको छ । हाल चौंथो ब्याचमा बालक भर्ना भएका छन् ।

प्रतियोगितामा १ करोड ८६ लाख आम्दानी र १ करोड ४९ लाख खर्च हुने आयोजकको अनुमान छ । बचत रकम सहारा एकेडेमीमा खर्च गरिने आयोजकले जनाएको छ ।

विभिन्न संघ संस्थाको सहयोग रहेको प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालि हो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो