चैत्र १४, २०८२ शनिबार | ०२:००:१७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एरिक आइ लिग क्लब सिलोङ लाजोङमा अनुबन्ध

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सदस्य एरिक विष्ट भारतीय आइ लिग क्लब सिलोङ लाजोङ फुटबल क्लबमा अनुबन्ध भएका छन् ।

बिहीबार क्लबले आफ्नो फेसबुक पेजमार्फत एरिकलाई सार्वजनिक गरेको हो ।

उदीयमान मिडफिल्डर एरिक नेपाली फुटबलका सेटपीस माइस्त्रोको उपनामले परिचित छन् । भखर्रै सम्पन्न नेपाल सुपर लिग(एनएसएल)को दोस्रो सिजनमा एरिकले बुटवल लुम्बिनी एफसीको नेतृत्व सम्हालेका थिए । एरिकलाई बुटवलले मार्की खेलाडीका रुपमा भित्र्याएको थियो । बुटवलले प्लेअफमा स्थान बनाउन नसके पनि एरिकको प्रदर्शन प्रभावशाली थियो । स्पोर्टिङ इलाम एफसीविरुद्धको खेलमा एरिकले करिब ३० यार्ड परबाट सनसनीपूर्ण फ्रिकिक गोल समेत गरेका थिए ।

स्पोर्टिङ इलाम एफसीविरुद्ध इन्जुरी समयमा गोल गरेपछि खुसीयाली मनाउँदै एरिक 

गत जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एरिकले चर्च ब्वाइज युनाइटेडबाट खेलेका थिए । चर्च ब्वाइजले पहिलो सिजनमै शीर्ष डिभिजनको उपाधि जित्दा एरिक टोलीका प्रमुख सदस्य रहे ।

एरिकले यस सिजनको अन्त्यसम्म सिलोङबाट खेल्ने र प्रदर्शन राम्रो रहे सम्झौता नवीकरण गर्ने क्लबले जनाएको छ । एरिक अन्तर्राष्ट्रिय एजेन्सी इबिजाबाट सिलोङसम्म पुगेका हुन् । १० खेल बाँकी रहेको स्थितिमा एरिकको नयाँ क्लब सिलोङ आइ लिगको अंक तालिकामा पाँचौं स्थानमा छ । सिलोङले फेब्रुअरी ३ मा घरेलु मैदानमा इन्टर काशीसँग खेल्नेछ । 

सिलोङबाट खेल्ने एरिक दोस्रो नेपाली फुटबलर हुन् । यसअघि सन् २००९ मा नेपाली टिमका फरवार्ड अनिल गुरुङ सिलोङमा अनुबन्धित भएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो