माघ १७, २०८२ शनिबार | १२:४१:४०
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

एरिक आइ लिग क्लब सिलोङ लाजोङमा अनुबन्ध

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सदस्य एरिक विष्ट भारतीय आइ लिग क्लब सिलोङ लाजोङ फुटबल क्लबमा अनुबन्ध भएका छन् ।

बिहीबार क्लबले आफ्नो फेसबुक पेजमार्फत एरिकलाई सार्वजनिक गरेको हो ।

उदीयमान मिडफिल्डर एरिक नेपाली फुटबलका सेटपीस माइस्त्रोको उपनामले परिचित छन् । भखर्रै सम्पन्न नेपाल सुपर लिग(एनएसएल)को दोस्रो सिजनमा एरिकले बुटवल लुम्बिनी एफसीको नेतृत्व सम्हालेका थिए । एरिकलाई बुटवलले मार्की खेलाडीका रुपमा भित्र्याएको थियो । बुटवलले प्लेअफमा स्थान बनाउन नसके पनि एरिकको प्रदर्शन प्रभावशाली थियो । स्पोर्टिङ इलाम एफसीविरुद्धको खेलमा एरिकले करिब ३० यार्ड परबाट सनसनीपूर्ण फ्रिकिक गोल समेत गरेका थिए ।

स्पोर्टिङ इलाम एफसीविरुद्ध इन्जुरी समयमा गोल गरेपछि खुसीयाली मनाउँदै एरिक 

गत जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एरिकले चर्च ब्वाइज युनाइटेडबाट खेलेका थिए । चर्च ब्वाइजले पहिलो सिजनमै शीर्ष डिभिजनको उपाधि जित्दा एरिक टोलीका प्रमुख सदस्य रहे ।

एरिकले यस सिजनको अन्त्यसम्म सिलोङबाट खेल्ने र प्रदर्शन राम्रो रहे सम्झौता नवीकरण गर्ने क्लबले जनाएको छ । एरिक अन्तर्राष्ट्रिय एजेन्सी इबिजाबाट सिलोङसम्म पुगेका हुन् । १० खेल बाँकी रहेको स्थितिमा एरिकको नयाँ क्लब सिलोङ आइ लिगको अंक तालिकामा पाँचौं स्थानमा छ । सिलोङले फेब्रुअरी ३ मा घरेलु मैदानमा इन्टर काशीसँग खेल्नेछ । 

सिलोङबाट खेल्ने एरिक दोस्रो नेपाली फुटबलर हुन् । यसअघि सन् २००९ मा नेपाली टिमका फरवार्ड अनिल गुरुङ सिलोङमा अनुबन्धित भएका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।