माघ १७, २०८२ शनिबार | २०:३८:५४
साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई

एन्फासँगकाे बैठकमा उपस्थित भएनन् ‘बी’ डिभिजन क्लब

काठमाडौं । ‘बी’ डिभिजन क्लबले अखिल नेपाल फुटबल संघ( एन्फा) ले आइतबारका लागि बोलाएको बैठक बहिस्कार गरेका छन् । 

एन्फा महासचिव किरण राईले ‘बी’ डिभिजन १४ क्लबलाई पत्र काट्दै बैठकमा उपस्थित हुने आग्रह गरेका थिए । बैठक दिउँसो १ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने तय थियो । तर कुनैपनि क्लब बैठकमा उपस्थित भएनन् ।

‘बी’ डिभिजन क्लब संयोजक कुमार राजभण्डारीले एन्फाले आफ्ना माग पूरा नगरेकाले बैठकमा नजाने निर्णय गरेको बताए । 

‘हामीले केही दिन अगाडि मध्यपुरमाथिको कारवाही फिर्ता गर्नुपर्ने मागसहित एन्फालाई ध्यानकर्षणपत्र बुझाएका थियौं,’ राजभण्डारीले भने,‘एन्फाबाट कुनै जवाफ आएको छैन । हामीले पत्रमा कारवाही नहटेसम्म कुनैपनि कार्यक्रममा सहभागिता नजनाउने बताएका थियौं । त्यही अनुरुप बैठकमा नजाने निर्णय गरेका हौं । माग पूरा नभएसम्म कुनैपनि गतिविधिमा सहभागी हुने छैनौं ।’

पुस २ गते बसेको एन्फा कार्यसमिति बैठकले मध्यपुर युथ एसोसिएसनलाई कारबाही गर्ने निर्णय गरेको थियो । मध्यपुरले विधान विपरित कार्य गरेको भन्दै कार्यसमिति बैठकबाट अर्को निर्णय नभएसम्मका लागि फुटबलको कुनै गतिविधिमा सहभागी नगराउने एन्फाको निर्णय थियो ।

त्यसपछि पुस ५ गते असन्तुष्ट १२ क्लबले संयुक्त हस्ताक्षरसहित मध्यपुरलाई गरिएको कारबाही फिर्ता लिनुपर्ने भन्दै एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाईध्यानाकर्षण पत्र बुझाएका थिए ।

यस्तै एन्फाले बाँकी बक्यौता रकम उपलब्ध गराउन नसक्दा दुई वर्षयता ‘बी’ डिभिजन लिग सुरू हुन सकेको छैन ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।