चैत्र १३, २०८२ शुक्रबार | १०:४०:४०
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

एन्फासँगकाे बैठकमा उपस्थित भएनन् ‘बी’ डिभिजन क्लब

काठमाडौं । ‘बी’ डिभिजन क्लबले अखिल नेपाल फुटबल संघ( एन्फा) ले आइतबारका लागि बोलाएको बैठक बहिस्कार गरेका छन् । 

एन्फा महासचिव किरण राईले ‘बी’ डिभिजन १४ क्लबलाई पत्र काट्दै बैठकमा उपस्थित हुने आग्रह गरेका थिए । बैठक दिउँसो १ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने तय थियो । तर कुनैपनि क्लब बैठकमा उपस्थित भएनन् ।

‘बी’ डिभिजन क्लब संयोजक कुमार राजभण्डारीले एन्फाले आफ्ना माग पूरा नगरेकाले बैठकमा नजाने निर्णय गरेको बताए । 

‘हामीले केही दिन अगाडि मध्यपुरमाथिको कारवाही फिर्ता गर्नुपर्ने मागसहित एन्फालाई ध्यानकर्षणपत्र बुझाएका थियौं,’ राजभण्डारीले भने,‘एन्फाबाट कुनै जवाफ आएको छैन । हामीले पत्रमा कारवाही नहटेसम्म कुनैपनि कार्यक्रममा सहभागिता नजनाउने बताएका थियौं । त्यही अनुरुप बैठकमा नजाने निर्णय गरेका हौं । माग पूरा नभएसम्म कुनैपनि गतिविधिमा सहभागी हुने छैनौं ।’

पुस २ गते बसेको एन्फा कार्यसमिति बैठकले मध्यपुर युथ एसोसिएसनलाई कारबाही गर्ने निर्णय गरेको थियो । मध्यपुरले विधान विपरित कार्य गरेको भन्दै कार्यसमिति बैठकबाट अर्को निर्णय नभएसम्मका लागि फुटबलको कुनै गतिविधिमा सहभागी नगराउने एन्फाको निर्णय थियो ।

त्यसपछि पुस ५ गते असन्तुष्ट १२ क्लबले संयुक्त हस्ताक्षरसहित मध्यपुरलाई गरिएको कारबाही फिर्ता लिनुपर्ने भन्दै एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाईध्यानाकर्षण पत्र बुझाएका थिए ।

यस्तै एन्फाले बाँकी बक्यौता रकम उपलब्ध गराउन नसक्दा दुई वर्षयता ‘बी’ डिभिजन लिग सुरू हुन सकेको छैन ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो