भाद्र २३, २०८१ आइतबार | १०:१६:३६
एन्फा महिला लिगः लगातार तेस्रो जितको लक्ष्यमा कोशी अमेरिका ६७ वर्षपछि घरेलु मैदानमा क्यानाडासँग पराजित पेन्या बार्सा दी एभरेस्टलाई बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि एन्फा महिला लिगः लगातार तेस्रो जितको लक्ष्यमा कोशी अमेरिका ६७ वर्षपछि घरेलु मैदानमा क्यानाडासँग पराजित पेन्या बार्सा दी एभरेस्टलाई बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि

नेपाल सुपर लिगः रोमाञ्चक फाइनलको पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं । फरवार्ड इमोन एजिकीलले अन्तिम प्रहारमा सुन्दर फ्रिकिक गोल गरेपछि ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको फाइनल खेलको पहिलो हाफ १–१ को बराबरीमा समाप्त भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार जारी नेपाल सुपर लिग(एनएसएल)को दोस्रो संस्करणको फाइनल खेलमा फरवार्ड आफिज ओलावालेको गोलमा धनगढीले सुरुआती अग्रता लिएको थियो । आफिजले निर्धारित हाफ सकिन आठ मिनेट बाँकी रहँदा धनगढीलाई अग्रता दिलाएका थिए । तर, रेफ्रिको अन्तिम सिठ्ठीअघि ललितपुरका लागि एजिकीलले बराबरी गोल फर्काए ।

खेलको १३औं मिनेटमा रक्षक कमल श्रेष्ठको कर्नर कप्तान देवेन्द्र तामाङसम्म पुग्नुअघि ललितपुरका गोलकिपर जेफेरी विली मार्सेलले बचाए । त्यसको तीन मिनेटपछि धनगढीको गोलमा ललितपुरका रक्षक सनिस श्रेष्ठ बाधक बने । आफिजको पासमा हिजाजीले बललाई पोस्टको दिनै लाग्दा सनिसले उनलाई ट्याकल गरेका थिए ।

खेलको मध्यतिर धनगढीले सेटपीसमा अर्को अवसर सृजना गर्यो । यसपाली पनि कमलको कर्नर बलमा धनगढीले मौका खेरा फाल्यो । कमलको कर्नर मिलन राईको अगाडि ड्रप हुँदै आफिज सम्म पुगेको थियो । तर, कुनै पनि निगरानीमा नरहेका आफिजले बललाई टच दिन सकेनन् ।

निर्धारित हाफ सकिन १० मिनेट बाँकी छँदा ललितपुरले पहिलो अवसर सृजना गर्यो । पहिलो अवसरमै दीनेश हेन्जन गोलको एकदमै नजिक पुगे । करिब २२ यार्ड परबाट दीनेशले प्रहार गरेको फ्रिकिक पहिलो बार नजिकैबाट बाहिरियो । यसअघि फरवार्ड पापा इबो केबे रक्षक रिचर्ड अग्यमाङबाट फउल हुन पुगेका थिए ।

खेलको ३७औं मिनेटमा आफिजले रिबाउन्ड बललाई पोस्टको दिशा दिए । लेफ्ट साइडबाट अहमद हिजाजीको प्रहार गोलकिपर मार्सेलले बचाएका थिए । तर, नियन्त्रण गर्न नसक्दा कुनै पनि निगरानीमा नरहेका आफिजले वान टचमा गोल गरे ।

अन्तिम सेकेन्ड्समा २५ यार्ड पर प्राप्त फ्रिकिकलाई एजिकीलले पहिलो बारको दिशा दिएका थिए । जसमा धनगढीका गोलकिपर मोहम्मद ताहाले कुनै प्रतिक्रिया दिनै भ्याएनन् ।

धनगढी लगातार दोस्रो पटक फाइनलमा प्रवेश गर्दा ललितपुरले पहिलोपल्ट उपाधि प्रतिस्पर्धाको अनुभव लिइरहेको छ । दुवै टोलीले प्लेअफमा पोखरा थन्डर्सलाई हराउँदै फाइनलसम्म यात्रा तय गरेका हुन् । पहिलो क्वालिफायरमा धनगढीले पेनाल्टी शुटआउटमा ४–३ को जित निकाल्दा दोस्रो क्वालिफायरको अतिरिक्त समयमा ललितपुरले २–१ को जित हासिल गरेको थियो ।

यसपालि ९ टोलीले एनएसएलमा प्रतिस्पर्धा गरेका थिए । झापा एफसी, स्पोर्टिङ इलाम डी मेची र वीरगन्ज युनाइटेड नयाँ टोलीका रूपमा थपिँदा पहिलो संस्करण खेलेको विराटनगर सिटीले भने सहभागिता जनाएन ।

एनएसएल विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने छ । यो गत संस्करणभन्दा दोब्बर बढी रकम हो । पहिलो संस्करण विजेता काठमाडौं रेजर्सले ३५ लाख पाएको थियो । उपविजेताले २० लाख, सर्वोकृष्ट खेलाडीले २ लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही १ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

एनएसएलका दुवै संंस्करणमा धनगढी र ललितपुरबीच भएका दुवै खेल बराबरीमा सकिएका छन् । पहिलो संस्करणमा १–१ र दोस्रो संस्करणमा गोलरहित बराबरीको नतिजा निस्किएको थियो ।

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024