काठमाडौं । अमेरिकाले ६७ वर्षपछि घरेलु मैदानमा क्यानाडासँग पराजय ब्यहोरेको छ । मैत्रीपूर्ण खेलमा आइतबार क्यानाडाले अमेरिकाविरुद्ध २-१ को जित निकाल्यो ।
अमेरिका पछिल्लो पटक सन् १९५७ मा घरेलु मैदानमा क्यानाडासँग पराजित भएको थियो ।
चिल्ड्रेन्स मर्सी पार्कमा क्यानाडालाई जित दिलाउन ज्याकोब शाफेलबर्ग र जोनाथन डेभिडले गोल गरे । अमेरिकाका लागि लुका डे ला टोरेले एक गोल फर्काए ।
खेलको १७औं मिनेटमा शाफेलबर्गको गोलमार्फत क्यानाडाले अग्रता लिएको थियो । ५८औं मिनेटमा डेभिडले टोलीको अग्रता दोब्बर बनाए ।
ला टोरेले ६६औं मिनेटमा गोल गर्दै अमेरिकालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO