धनगढी । अलस्टार्स स्पोर्टस एकेडेमीले विपन्न दुई महिला फुटबलरलाई वार्षिक तलब दिने भएको छ । एकेडेमीले बिहीबार दुई खेलाडीलाई वार्षिक रुपमा जनही ४० हजार तलब दिने घोषणा गरेको हो ।
एकेडेमीले विर्सना चौधरी र गोमा रोकायासँग सम्झौता गरेको छ । एकेडेमीका अध्यक्ष राघवेन्द्र कार्की तथा महिला फुटबल खेलाडीद्धय विर्सना र गोमाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

एकेडेमीले हालै बुटवलमा भएको राष्ट्रिय महिला जेसिज कपको उपाधि जितेको थियो । फुटबलमा राम्रो क्षमता भएका तर आर्थिक अवस्था कमजोर रहेका अन्य महिला फुटबल खेलाडीसँग पनि आगामी दिनमा सम्झौता गर्दै जाने एकेडेमीका अध्यक्ष राघवेन्द्र कार्कीले जानकारी दिए ।
खेलाडीहरुले वार्षिक रुपमा प्राप्त हुने रकमले घर चलाउन र पठनपाठनमा सहयोग गर्ने हुँदा फुटबलमा आफ्नो क्षमता देखाउनका लागि मद्दत मिल्ने बताए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
