चैत्र १२, २०८२ बिहीबार | १५:५७:१५
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

काठमाडौंविरुद्ध वीरगंज, आशा रोमाञ्चक खेलको

काठमाडौं । साविक विजेता काठमाडौं रेजर्सले नेपाल सुपर लिग(एनएसएल) दोस्रो सिजनअन्तर्गत बिहीबार पुछारमा रहेको वीरगंज युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

९ अंकसहित काठमाडौं हाल अंकतालिकाको पाँचौं स्थानमा छ । आजको खेल जितेमा काठमाडौं दोस्रो स्थानमा उक्लिनेछ । र प्लेअफमा स्थान बनाउनका लागि ललितपुर सिटी एफसीविरुद्धको अन्तिम खेलमा बराबरीको नतिजा पर्याप्त हुनेछ ।

एक खेल बढी खेलेको ललितपुरको हाल १० अंक छ । बिहीबार वीरगंजसँग जित हासिल गरे काठमाडौं ललितपुरविरुद्ध दबावमा हुनेछैन । त्यसैले पनि बालगोपाल महर्जनको नेतृत्वमा रहेको काठमाडौं  वीरगंजविरुद्ध स्पष्ट तीन अंक हासिल गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।

गणितीय हिसाबमा केही झिनो आशा बोकेको वीरगंजको ६ खेलबाट ५ अंक छ । प्लेअफमा स्थान बनाउने हो भने वीरगंजले बाँकी दुवै खेलमा जित हासिल गर्नुपर्नेछ । यदी अन्तिम खेलमा चितवन एफसीले झापा एफसी र ललितपुरले काठमाडौंलाई पराजित गर्ने हो भने वीरगंजको आशा अझै रहन्छ । अन्तिम खेलमा एफसी बुटवल लुम्बिनीलाई हराएको खण्डमा वीरगंजले प्लेअफमा स्थान बनाउन सक्छ । तर, त्यो तब मात्र सम्भव छ जब बिहीबार उसले काठमाडौंलाई पराजित गर्नेछ ।

बराबरीको नतिजाले दुवै टोलीलाई घाटा हुने भएकाले बिहीबारको खेल जारी एनएसएलकै रोमाञ्चक खेल हुने अनुमान गर्न सकिन्छ । वीरगंज प्रशिक्षक सनोज श्रेष्ठको नेतृत्वमा रहेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो