चैत्र १६, २०८२ सोमबार | १३:२०:००
लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित

लगातार दोस्रो खेल जित्ने लक्ष्यमा झापा

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल) दोस्रो सिजनअन्तर्गत शुक्रबार झापा एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

झापाविरुद्ध जित हासिल गरे ललितपुरले प्लेअफमा स्थान बनाउनेछ । ललितपुर हाल पाँच खेलमा ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । झापाविरुद्ध जित हासिल गरे ललितपुरले शीर्ष स्थानमा रहेको धनगढीलाई उछिन्दै एक अंकको अग्रता बनाउनेछ । 

पहिलो खेलमा एफसी बुटवल लुम्बिनीलाई २–० ले हराएको ललितपुरले त्यसपछिका दुई खेलमा पोखरा र धनगढीविरुद्ध गोलरहित बराबरी खेलेको थियो । चौंथो खेलमा वीरगंजसँग २–२ को बराबरीमा रोकिएको ललितपुर पछिल्लो खेलमा चितवनमाथि ३–१ को जित हासिल गर्न सफल भयो ।

अन्जन विष्ट मार्की खेलाडी रहेको झापा लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । ललितपुरलाई हराए झापाले पहिलो पटक शीर्ष चारमा स्थान बनाउनेछ । झापा हाल पाँच खेलमा ६ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ । 

पहिलो खेलमा स्पोर्टिङ इलामसँग १–० ले निराश बनेको झापाले दोस्रो खेलमा पोखरा थन्डर्सविरुद्ध १–१ को बराबरी खेलेको थियो । तेस्रो खेल साबिक विजेता काठमाडौं रेजर्ससँग गोलरहित बराबरीमा समाप्त भएको थियो । चौंथो खेलमा वीरगंज र झापाले १–१ को बराबरी खेलेका थिए । पाँचौं खेलमा आएर बल्ल झापाले स्पष्ट तीन अंक जोड्न सफल भयो । झापाले पछिल्लो खेलमा बुटवललाई १–० ले हरायो ।

अनन्त तामाङ मार्की खेलाडी रहेको ललितपुरका लागि विवेक पौडेल प्लेयर टु वाच हुन् । चितवनविरुद्ध मिडफिल्डर विवेकले दर्शनीय गोलसमेत गरेका थिए । उनको लय ललितपुरलाई आज महत्वपूर्ण रहनेछ । 

उता झापाका प्रमुख खेलाडी हुन्, होर्गे क्यानिलास । पाँचौं खेलमा गोलको खडेरी टोडेका फरवार्ड क्यानिलाससँग आज पनि पछिल्लो खेलमा गरेको प्रदर्शनकै अपेक्षा रहनेछ ।



भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो