माघ ९, २०८२ शुक्रबार | २३:११:३१
लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित

लगातार दोस्रो खेल जित्ने लक्ष्यमा झापा

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल) दोस्रो सिजनअन्तर्गत शुक्रबार झापा एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

झापाविरुद्ध जित हासिल गरे ललितपुरले प्लेअफमा स्थान बनाउनेछ । ललितपुर हाल पाँच खेलमा ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । झापाविरुद्ध जित हासिल गरे ललितपुरले शीर्ष स्थानमा रहेको धनगढीलाई उछिन्दै एक अंकको अग्रता बनाउनेछ । 

पहिलो खेलमा एफसी बुटवल लुम्बिनीलाई २–० ले हराएको ललितपुरले त्यसपछिका दुई खेलमा पोखरा र धनगढीविरुद्ध गोलरहित बराबरी खेलेको थियो । चौंथो खेलमा वीरगंजसँग २–२ को बराबरीमा रोकिएको ललितपुर पछिल्लो खेलमा चितवनमाथि ३–१ को जित हासिल गर्न सफल भयो ।

अन्जन विष्ट मार्की खेलाडी रहेको झापा लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । ललितपुरलाई हराए झापाले पहिलो पटक शीर्ष चारमा स्थान बनाउनेछ । झापा हाल पाँच खेलमा ६ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ । 

पहिलो खेलमा स्पोर्टिङ इलामसँग १–० ले निराश बनेको झापाले दोस्रो खेलमा पोखरा थन्डर्सविरुद्ध १–१ को बराबरी खेलेको थियो । तेस्रो खेल साबिक विजेता काठमाडौं रेजर्ससँग गोलरहित बराबरीमा समाप्त भएको थियो । चौंथो खेलमा वीरगंज र झापाले १–१ को बराबरी खेलेका थिए । पाँचौं खेलमा आएर बल्ल झापाले स्पष्ट तीन अंक जोड्न सफल भयो । झापाले पछिल्लो खेलमा बुटवललाई १–० ले हरायो ।

अनन्त तामाङ मार्की खेलाडी रहेको ललितपुरका लागि विवेक पौडेल प्लेयर टु वाच हुन् । चितवनविरुद्ध मिडफिल्डर विवेकले दर्शनीय गोलसमेत गरेका थिए । उनको लय ललितपुरलाई आज महत्वपूर्ण रहनेछ । 

उता झापाका प्रमुख खेलाडी हुन्, होर्गे क्यानिलास । पाँचौं खेलमा गोलको खडेरी टोडेका फरवार्ड क्यानिलाससँग आज पनि पछिल्लो खेलमा गरेको प्रदर्शनकै अपेक्षा रहनेछ ।



भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate