वैशाख २६, २०८२ शुक्रबार | १७:३४:००
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

नेपाल सुपर लिगः सित्तैमा टिकट पाउँदा पनि रंगशाला पुग्दैनन् दर्शक

काठमाडौं । यती बेला नेपालको पहिलो फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चलिरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगितामा ९ फ्रेन्चाइज टोलीले प्रतिस्पिर्धा गरिरहेका छन् ।

कोरोना महामारीका कराण पहिलो संस्करण बन्द रंगशालामा सम्पन्न गरेको आयोजकले दोस्रो संस्करणमा भने दर्शकको राम्रो साथ पाउने अपेक्षा गरेको थियो । तर हालसम्मकाे तथ्याङ्क हेर्दा निरास बनाउने खेलको छ ।

प्रतियोगितका २० खेल समाप्त भइसक्दा उद्घाटन खेलमा मात्र दर्शक संख्या ५ हजार नाधेको छ । साबिक विजेता काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम एफसी डी मेचीबीचको खेल हेर्नका लागि ५ हजार ६ सय ४९ दर्शक पुगेका थिए ।

उद्घाटन खेलअघि मनोरञ्जनात्मक प्रस्तुत पनि रहेका उक्त संखयामा दर्शक रंगशाला पुगेको अनुमान लगाउन सकिन्छ । त्यसपछि ललितपुर सिटी र वीरगंज युनाइटेबीचको खेल हेर्न  ४ हजार ९ सय दर्शक रंगशाला पुगेका थिए । यी बाहेक अन्य खेलमा दर्शक संख्या ४ हजार नाघेको छैन ।

यसैगरी धनगढी एफसी र वीरगंजबीचको खेल हेर्न सबैभन्दा कम मात्र ५ सय दर्शक रंगशालामा उपस्थित थिए ।

एनएसएलको टिकट मुल्य साधारणतर्फ २ सय र भिआइपीतर्फ ५ सय रुपैयाँ तोकिएको छ । यो खासै महंगो होइन । पैसा तिरेर टिकट काट्नु त परको कुरा दर्शकहरु सित्तैमा टिकट पाउँदा पनि दंगशालामासम्म पुगिरहेका छैनन् ।

लिगको २० औं खेलमा आइतबार ललितपुर सिटी एफसी र एफसी चितवनले प्रस्पिर्धा गरेका थिए । निकै रोमाञ्चक बनेको खेलमा ललितपुर ३-१ ले विजयी भयो । आयोजकको तथ्याङ्कअनुसार याे खेल हेर्न २ हजार ७ सय दर्शक मैदान पुगेका थिए ।

यसले के पुष्टि गर्छ भने प्रतियोगिताप्रति दर्शकको खासै चासो छैन । किनकी यस खेलका लागि ललितपुरले २ हजार र चितवनले १ हजार टिकट सित्तैमा बाँड्ने घोषणा गरेका थिए । तर खेल हेर्न उक्त कोटा जती दर्शक पनि पुगेनन् ।

आयोजकले सहभागी टोलीका लागि २ सय टिकट सित्तैमा उपलब्ध गराउने गरेको छ । त्यसबाहेक क्लबहरुले आफ्नै खर्चमा टिक खरिद गरेर समर्थकलाई बाँड्ने गरेका छन् । क्लबहरुले दर्शकका लागि १ खेलमा लाखौं खर्च गर्न गरे पनि त्यो प्रभावकारी बन्न सकिरहेको छैन ।

यसैगरी रुटिङ अफ नेपाल बन्द फेसबुक पेजले दर्शक आउने अपेक्षासहित प्रत्येक खेलमा ‘प्यान अफ द म्याच’ अवार्ड दिने गरेको छ । ‘फ्यान अफ द म्याच’ घोषित हुने १ भाग्यशाली दर्शकले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

आयोजकले चियर्स लिडरको पनि व्यवस्था गरेको छ । नेपाली फुटबलमा यो नाैलो प्रयोग हो । तर यसले पनि दर्शकलाई रंगशालासम्म तान्न सकेको छैन ।

नेपाली फुटबलको विकाशका लागि एक कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको एनएसएलले दर्शकको राम्रो साथ नपाउनुले के पुष्टि गर्छ भने नेपालमा फुटबल क्रेज घट्दै छ ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP