काठमाडौं । नौं खेलाडीमा सिमित रोमा इटालियन सिरी ए मा फिओरेन्टिनासँग १–१ गोलको बराबरी खेल्दै अंक बाढ्न बाध्य भएको छ ।
आइतबार राति भएको खेलमा दुई खेलाडीले रातो कार्ड पाउँदा रोमा नौं खेलाडीमा सिमित भयो । गोलकर्ता रोमेलु लुकाकुसँगै निकोला जेलेस्कीले रातो कार्ड पाएका हुन् । त्यसको फाइदा लिँदै फिओरेन्टिनाले अंक बाढेको छ ।
घरेलु मैदानमा लुकाकुले खेलको पाँचौं मिनेटमा अग्रता बनाएका थिए । दोहोरो कार्ड प्राप्तसँगै जेलेस्की ६४औं मिनेटमा मैदान छाडे ।
दुई मिनेटपछि नै लुकास मार्टिनेजको गोलमा फिओरेन्टिनाले बराबरी गोल गर्यो । ८७औं मिनेटमा लुकाकुले रातो कार्डको सामना गरेका हुन् । खेलको अन्तिम समयमा फिओरेन्टिनाका निकोला मिलेन्कोभिचले रातो कार्ड प्राप्त गरे ।
बराबरीपछि १५ खेलबाट २५ अंकसहित रोमा चौथो स्थानमा छ । समान खेलबाट ३८ अंक जोडेको इन्टर मिलान शीर्षस्थानमा रह्यो । फिओरेन्टिना २४ अंकसहित सातौँ स्थानमा छ ।