काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले न्युक्यासल युनाइटेडलाई ४–१ ले हराएको छ । आाइतबार राति टोटनहमको मैदानमा न्युक्यासल लज्जास्पद हार बेहार्न बाध्य भयो ।
यो हारपछि न्युक्यासलको उपाधि जित्ने योजना थप कमजोर बनेको छ । १६ खेलबाट न्युक्यासल आठ निकाल्दै २६ अंकसहित सातौं स्थानमा छ । समान खेलबाट ३० अंकको टोटनहम पाचौं स्थानमा उक्लिएको छ ।
समान खेलबाट ३७ अंकसहित लिभरपुल शीर्षस्थानमा छ । आर्सनले ३६ अंकसहित दोस्रो स्थानमा रह्यो ।
टोटनहमको जितमा रिचार्लिसनले दुई गोल गरेका हुन् । डेस्टिनी उडोगी र सन हुङ मिनले समान एक गोल गरेका हुन् । सनले पेनाल्टीमा गोल गरेका हुन् । पहिलो हाफमा दुई गोल गरेको टोटनहमले दोस्रो हाफमा पनि दुई गोल थप गरेको थियो ।
न्युक्यासलको लागि एकमात्रै गोल जोयलिंटनले गरे । उनले खेलको इन्जुरी समयमा कलुम विलसनको पास सदुपयोग गरेका थिए ।