माघ १८, २०८२ आइतबार | १३:०३:२८
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

नेपाल सुपर लिगः झापा र वीरगंजको पहिलो हाफ गोलरहित

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को संस्करणअन्तर्गत झाफा एफसी र वीरगंज युनाइटेडबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पकड जमाए पनि झापाले पाएका अवसरलाई सदुपयोग गर्न सकेन ।

१२ औं मिनेटमा समान्दर ओचिलोभको प्रहार पोस्टमा लागेर फर्किदा झापाले अग्रता लिने अवसर गुमायो । उनले सुरज विष्टको पासलाई पेनाल्टी बक्स बाहिरबाट पोस्टको दिशा दिने प्रयास गरेका थिए ।

३२ औं मिनेटमा आवास लामिछानेको क्रसलाई पेनाल्टी बक्स भित्र नियन्त्र लिँदै लक्ष्मण रुचालले गरेको प्रहारलाई गोलकिपर दीप कार्कीले बचाउँदै वीरगंजको संकट टारे ।

३९ औं मिनेटमा सुवास गुरुङको हेडरलाई झापाका गोलकिपर स्टेफन क्युपिकले सहज नियन्त्रणमा लिए । ४३ औं मिनेटमा योर्गे सान्चेजको प्रहारमा दीप बाधक बन्दा  झापाले अग्रता लिन सकेन ।

झापा तीन खेलमा दुई अंकका साथ आठौं स्थानमा छ । यसअघि स्पोर्टिङ इलाम एफसी डी मेचीसँग १-० ले पराजित झापाले पोखरा थन्डर्ससँग १-१ र काठमाडौंसँग गोलरहित बराबरी खेलेको थियो ।

वीरगंज तीन खेलबाट एक अंकका साथ पुछारमा छ । यसअघि धनगढी एफसी र एफसी चितवनसँग समान २-१ ले पराजित वीरगंजले ललितपुर सिटी एफसीलाई २-२ को बराबरीमा रोकेको थियो ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।