महिला आइ लिग

सेथु र गोकुलम केरला भिड्दै

काठमाडौं । महिला आइ लिगमा शुक्रबार नेपाली राष्ट्रिय महिला टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा र रक्षक गीता रानासम्मिलित सेथु एफसीले साबिक विजेता गोकुलम केरलाको सामना गर्दैछ ।

सेथु र गोकुलमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे इएमएस कर्पोरेसन रंगशालामा सुरु हुनेछ । सेथुले गत संस्करण सेमिफाइनलसम्मका यात्रा तय गरेको थियो ।

सेथुले आफ्नो तीन कप्तानको नामा सार्वजनिक गर्दा एन्जिलालाई पनि सावेश गरेको छ ।  उनले अघिल्लो संस्करणमा टोलीको कप्तान गरेकी थिइन् । गीताले पहिलो पटक आइ लिग खैलन लागेकी हुन् ।