चैत्र ८, २०८२ आइतबार | १०:३२:२२
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

आर्सनलको रोमाञ्चक जित

काठमाडौं । लिग लिडर आर्सनलले इङ्लिस प्रिमियर लिगमा मंगलबार घरेलु टोली लुटन टाउनमाथि ४-३ को रोमाञ्चक जित निकाल्यो ।

जितसँगै १५ खेलमा ३६ अंक जोडेलको अर्सनलले शीर्ष स्थानमा पाँच अंकको दूरी बनाएको छ । पराजय ब्यहोरेको लुटन समान खेलबाट नै अंकका साथ १७ औं स्थानमा छ ।

केनिलवर्थ रोड रंगशालामा आर्सनललाई जित दिलाउन गाब्रियल मार्टिनेली, गाब्रियल जिसस, काइ हाभर्ट्ज र डेक्लान राइसले गोल गरे । लुटन टाउनका लागि गाब्रियल ओशो, एलिया अदेबायो र रोस बार्कलीले गोल फर्काए ।

खेलको २० औं मिनेटमा मार्टिनेलीको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । उनले बुकायो साकाको पासलाई सदुपयोग गरे ।

अर्सनलको यो अग्रता लामो समयमसम्म टिक्न भने सकेन पाँच मिनेटपछि नै अल्फपी डौटीको पासलाई पोस्टको दिशा दिँदै ओशोले लुटनलाई बराबरीमा ल्याए ।

४५ औं मिनेटमा जिससको गोलमार्फत आसर्नलले २-१ को अग्रता लियो । उनले बेन ह्वाइटको पासलाई जाली चुमाए । 

४९ औं  आदेबायोले खेललाई २-२ को बराबरीमा ल्याए । यसपटक पनि गोलका लागि डौटीले नै बल उपलब्ध गराएका थिए ।

५७ औं मिनेटमा बार्कलीले गोल गर्दै लुटन टाउनलाई ३-२ ले अगाडी बढाए । उनले एन्ड्रोस टाउनसेन्डको पासलाई सदुपोयोग गरे ।

लुटनको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन तीन मिनेटपछि नै जिससको पासलाई पोस्टको दिशा दिँदै हाभर्ट्जले आर्सनलाई ३-३ को बराबरीमा ल्याए ।

इन्जुरी समयमा राइसले कप्तान मार्टिन ओडेगार्डको पासलाई गोलमा परिणत गरेपछि आर्सनल ४- ३ ले विजयी भयो ।

लिग अन्तर्गतकै अर्को खेलमा उल्भरह्यामटनले बर्नेलीमाथि १-० को कठिन जित निकाल्यो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो