माघ १५, २०८२ बिहीबार | १३:१५:४०
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

आर्सनलको रोमाञ्चक जित

काठमाडौं । लिग लिडर आर्सनलले इङ्लिस प्रिमियर लिगमा मंगलबार घरेलु टोली लुटन टाउनमाथि ४-३ को रोमाञ्चक जित निकाल्यो ।

जितसँगै १५ खेलमा ३६ अंक जोडेलको अर्सनलले शीर्ष स्थानमा पाँच अंकको दूरी बनाएको छ । पराजय ब्यहोरेको लुटन समान खेलबाट नै अंकका साथ १७ औं स्थानमा छ ।

केनिलवर्थ रोड रंगशालामा आर्सनललाई जित दिलाउन गाब्रियल मार्टिनेली, गाब्रियल जिसस, काइ हाभर्ट्ज र डेक्लान राइसले गोल गरे । लुटन टाउनका लागि गाब्रियल ओशो, एलिया अदेबायो र रोस बार्कलीले गोल फर्काए ।

खेलको २० औं मिनेटमा मार्टिनेलीको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । उनले बुकायो साकाको पासलाई सदुपयोग गरे ।

अर्सनलको यो अग्रता लामो समयमसम्म टिक्न भने सकेन पाँच मिनेटपछि नै अल्फपी डौटीको पासलाई पोस्टको दिशा दिँदै ओशोले लुटनलाई बराबरीमा ल्याए ।

४५ औं मिनेटमा जिससको गोलमार्फत आसर्नलले २-१ को अग्रता लियो । उनले बेन ह्वाइटको पासलाई जाली चुमाए । 

४९ औं  आदेबायोले खेललाई २-२ को बराबरीमा ल्याए । यसपटक पनि गोलका लागि डौटीले नै बल उपलब्ध गराएका थिए ।

५७ औं मिनेटमा बार्कलीले गोल गर्दै लुटन टाउनलाई ३-२ ले अगाडी बढाए । उनले एन्ड्रोस टाउनसेन्डको पासलाई सदुपोयोग गरे ।

लुटनको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन तीन मिनेटपछि नै जिससको पासलाई पोस्टको दिशा दिँदै हाभर्ट्जले आर्सनलाई ३-३ को बराबरीमा ल्याए ।

इन्जुरी समयमा राइसले कप्तान मार्टिन ओडेगार्डको पासलाई गोलमा परिणत गरेपछि आर्सनल ४- ३ ले विजयी भयो ।

लिग अन्तर्गतकै अर्को खेलमा उल्भरह्यामटनले बर्नेलीमाथि १-० को कठिन जित निकाल्यो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।