चैत्र ९, २०८२ सोमबार | १२:३२:२२
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

नेपाल सुपर लिगः बराबरीमा रोकिए ललितपुर र धनगढी

काठमाडौं । ललितपुर सिटी एफसीले जारी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा शीर्ष स्थानको धनगढी एफसीविरुद्ध हार टार्दै एक अंक प्राप्त गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा ललितपुरले साबिक उपविजेता धनगढीलाई गोलरहित बराबरीमा रोकेको हो ।

बराबरीसँगै दुवै टोलीले अपराजित यात्रालाई कायम राखेको छन् । यस बराबरीले धनगढीले अंक दुरी बढाउने मौका भने गुमाएको छ । तीन खेलमा ललितपुरको पाँच अंक छ भने समान खेलबाट धनगढीले सात अंक जोडेको छ ।

पहिलो खेलमा वीरगंज युनाइटेडलाई २-१ ले हराएको धनगढी दोस्रो खेलमा बुटवललुम्बिनी एफसी माथि १-० को जित हासिल गर्न सफल भएको थियो । पहिलो खेलमा बुटवल लुम्बिनीमाथि २-० को सहज जित हासिल गरेको ललितपुरले दोस्रो खेलमा पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको थियो ।

खेलको तेस्रो मिनेटमा कमल श्रेष्ठको फ्रिकिकलाई ललितपुरका गोलकिपर जेफ्री बाल्टसले बचाए । १२ औं मिनेटमा ओमोलाजा करिमको फ्रिकिकलाई पन्च गर्दै गोलकिपर मोहम्मद ताहाले धनगढीको संकट टारे ।

३४ औं मिनेटमा कप्तान अनन्त तामाङको लामो क्रसमा निखिल कदमको हेडर क्रसबारमा लागेर फर्कियो । रिबाउन्ड बलले गोलकिपर ताहालाई लागेपनि उनले बललाई गोललाइन क्रस गर्न नपाउँदै नियन्त्रणमा लिए ।

दोस्रो हाफको सुरुआती पाँच मिनेटभित्र धनगढीका तीन अवसर गोलमा परिणत भएनन् । मैदान प्रवेश गरेको एक मिनेट पनि नबित्दै मिडफिल्डर रोहन कार्कीले अहमद हिजाजीलाई सुन्दर क्रस निकालिदिएका थिए । तर, हिजाजीको हेडर गोलकिपर बाल्टसले बचाए ।

४९ औं मिनेटमा हिजाजीकै राइट फुटेड प्रहार बाल्टसले पुनः बचाए । त्यसको अर्को मिनेटमा रक्षक रिचर्ड अग्यमाङको प्रहारले गोल पोस्टको दिशा लिन नसक्दा धनगढीले दोस्रो मौका गुमायो ।

५९ औं मिनेटमा मध्यभागबाट रक्षक कमलले प्रहार गरेको फ्रिकिक जेफेरीले बचाए । त्यसको केही सेकेन्ड्समै साइमोन लिम्बुको २८ यार्ड परबाट गरेको शक्तिशाली प्रहारलाई रक्षक ओमोलाजा करिमले क्लियर गरिदिए ।

६५ औं मिनेटमा फरवार्ड इमो इजिकिलको गोल गरेपनि अफसाइड रहँदा रेफ्रीले मान्यत दिएनन् । पेनाल्टी बक्स बाहिरबाट फरवार्ड दीनेश हेन्जनले गरेको प्रहार धनगढीका गोलकिपर मोहम्मद ताहाले बचाएका थिए । प्राप्त रिबाउन्डमा इमोनले वान टच गोल गरेका थिए ।

७५ औं मिनेटमा धनगढीले अर्को सुनौलो अवसर गुमायो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फरवार्ड फोडे फोफानाको क्रसमा निगरानीमा नरहेका हिजाजीको हेडरले पोस्टको दिशा लिन सकेन । त्यसको १० मिनेटपछि फलो डियाग्न को प्रहार बाल्टसले  बचाउदै ललितपुरको संकट टारे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो