माघ १८, २०८२ आइतबार | १८:३१:४६
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

नेपाल सुपर लिगः बराबरीमा रोकिए ललितपुर र धनगढी

काठमाडौं । ललितपुर सिटी एफसीले जारी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा शीर्ष स्थानको धनगढी एफसीविरुद्ध हार टार्दै एक अंक प्राप्त गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा ललितपुरले साबिक उपविजेता धनगढीलाई गोलरहित बराबरीमा रोकेको हो ।

बराबरीसँगै दुवै टोलीले अपराजित यात्रालाई कायम राखेको छन् । यस बराबरीले धनगढीले अंक दुरी बढाउने मौका भने गुमाएको छ । तीन खेलमा ललितपुरको पाँच अंक छ भने समान खेलबाट धनगढीले सात अंक जोडेको छ ।

पहिलो खेलमा वीरगंज युनाइटेडलाई २-१ ले हराएको धनगढी दोस्रो खेलमा बुटवललुम्बिनी एफसी माथि १-० को जित हासिल गर्न सफल भएको थियो । पहिलो खेलमा बुटवल लुम्बिनीमाथि २-० को सहज जित हासिल गरेको ललितपुरले दोस्रो खेलमा पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको थियो ।

खेलको तेस्रो मिनेटमा कमल श्रेष्ठको फ्रिकिकलाई ललितपुरका गोलकिपर जेफ्री बाल्टसले बचाए । १२ औं मिनेटमा ओमोलाजा करिमको फ्रिकिकलाई पन्च गर्दै गोलकिपर मोहम्मद ताहाले धनगढीको संकट टारे ।

३४ औं मिनेटमा कप्तान अनन्त तामाङको लामो क्रसमा निखिल कदमको हेडर क्रसबारमा लागेर फर्कियो । रिबाउन्ड बलले गोलकिपर ताहालाई लागेपनि उनले बललाई गोललाइन क्रस गर्न नपाउँदै नियन्त्रणमा लिए ।

दोस्रो हाफको सुरुआती पाँच मिनेटभित्र धनगढीका तीन अवसर गोलमा परिणत भएनन् । मैदान प्रवेश गरेको एक मिनेट पनि नबित्दै मिडफिल्डर रोहन कार्कीले अहमद हिजाजीलाई सुन्दर क्रस निकालिदिएका थिए । तर, हिजाजीको हेडर गोलकिपर बाल्टसले बचाए ।

४९ औं मिनेटमा हिजाजीकै राइट फुटेड प्रहार बाल्टसले पुनः बचाए । त्यसको अर्को मिनेटमा रक्षक रिचर्ड अग्यमाङको प्रहारले गोल पोस्टको दिशा लिन नसक्दा धनगढीले दोस्रो मौका गुमायो ।

५९ औं मिनेटमा मध्यभागबाट रक्षक कमलले प्रहार गरेको फ्रिकिक जेफेरीले बचाए । त्यसको केही सेकेन्ड्समै साइमोन लिम्बुको २८ यार्ड परबाट गरेको शक्तिशाली प्रहारलाई रक्षक ओमोलाजा करिमले क्लियर गरिदिए ।

६५ औं मिनेटमा फरवार्ड इमो इजिकिलको गोल गरेपनि अफसाइड रहँदा रेफ्रीले मान्यत दिएनन् । पेनाल्टी बक्स बाहिरबाट फरवार्ड दीनेश हेन्जनले गरेको प्रहार धनगढीका गोलकिपर मोहम्मद ताहाले बचाएका थिए । प्राप्त रिबाउन्डमा इमोनले वान टच गोल गरेका थिए ।

७५ औं मिनेटमा धनगढीले अर्को सुनौलो अवसर गुमायो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फरवार्ड फोडे फोफानाको क्रसमा निगरानीमा नरहेका हिजाजीको हेडरले पोस्टको दिशा लिन सकेन । त्यसको १० मिनेटपछि फलो डियाग्न को प्रहार बाल्टसले  बचाउदै ललितपुरको संकट टारे ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।