चैत्र १८, २०८२ बुधबार | १५:४९:२६
कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर

जितले टोलीको आत्मविश्वास बढाएको छः प्रशिक्षक वाडु

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित जिकालेपछि एफसी चितवनका प्रशिक्षक मेहराजुद्दीन वाडुले टोलीमा आत्मविश्वास बढेको बताएका छन् ।

‘जित धेरै महत्त्वपूर्ण थियो । आज हाम्रो लागि उत्कृष्ट दिन हो । हामी अरु खेल पनि जित्न चाहछौं, वाडुले भने,‘दुवै गोल उत्कृष्ट थियो । सहज थिएन । वीरगंजले पनि राम्रो खेल्यो । काठमाडौ र पोखराविरुद्ध भन्दा राम्रो खेल भएको छ । यो जितले आत्मविश्वास बढेको छ । हामी अझै उत्कृष्ट प्रदर्शन गर्नेछौं । ’

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा चितवनले नवप्रवेशी वीरगंज युनाइटेडलाई २-१ ले पराजित गरेको थियो ।  एनएसएलमा चितवनको यो पहिलो जित हो । पहिलो संस्करणमा चितवन जितविहिन थियो ।

यसैगरी पराजित टोली वीरगंज युनाइटेडका प्रशिक्षक सनोज श्रेष्ठले हार ब्यहोरे पनि पहिलो खेलमा भन्दा सुधारिएको प्रदर्शन भएको बताए ।

‘पहिलो खेलमा सुधार गरेका थियौं । तर अन्तिममा डिफेन्सबाट गल्ती भयो । विदेशी खेलाडीबाट सोचे अनुसारको प्रदर्शन हुनसकिरहेको छैन । गोल निस्कन सकिरहेको छैन, श्रेष्ठले भने,‘ दोस्रो हारले दबाब बढाएको छ । अर्को खेलमा उत्कृष्ट प्रदर्शन गर्ने छौं । लगातारको खेलले गर्दा समस्या भइरहेको छ । टोलीलाई पर्याप्त विश्राम चाहिन्छ ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो