चैत्र ८, २०८२ आइतबार | ०२:५८:५९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

प्रशिक्षकहरु भन्छन्- स्तर अनुसारको प्रर्दशन भएन

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको पहिलो खेलपछि दुवै टोलीका प्रशिक्षकले स्तर अनुसारको खेल प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिएका छन् ।

‘खेलमा जित हार हुनु स्वभाविक हो । दुवै टोलीले आफ्नो स्तर अनुसारको प्रदर्शन भने गर्न सकेनौं । तर आज हामीले कमजोर खेलका छैनौं । राम्रो गर्न सक्छौं भन्ने विश्वास छ, पराजय ब्यहोरेको स्पोर्टिङ इलाम एफसी डि मेचीका प्रशिक्षक मेघराज केसीले भने,‘ काठमाडौंले दवावमा राखेर गोल गरेको हैन । आज उनीहरुको दिन थियो । आगमी खेलमा सुधारिएको प्रदर्शन गर्नेछौं । सबै टोली विदेश खेलाडीमा निर्भर छन् । जुन टोलीका विदेशी खेलाडीले राम्रो गर्छ उनीहरु नै राम्रो देखिन्छन् । पहिले भन्दा राम्रा खेलाडी आएका छन् । टोलीको तालमेल मिलाउन केही समय लाग्छ । ’

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार भएको उद्घाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्सले नव आगन्तुक टोली इलामलाई १-० ले पराजित गरेको हो । खेलमा ५१ औं मिनेटमा राजिव लोप्चनले गरेको एक मात्र गोल काठमाडौंको जितमा निर्णायक बन्यो ।

यसैगरी विजेता टोली काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले छोटो समयको तयारी पनि राम्रो नतिजा आएको बताए ।

‘तीन अंक पाएका छौं । छोटो समयको तयारीले पनि नतिजा आएको छ । खुसी छु । तर आशा अनुसारको प्रदर्शन हुन सकेन । तीन अंकले मात्र सन्तुष्ट हुनुहुँदैन ।   बल पोजेसन गुमायौं  । अर्को खेलमा राम्रो प्रदर्शन गछौं,’ महर्जनले भने,‘ पहिलो खेलमा केही समस्या देखिन्छ । पहिलो एनएसएलमा पनि यस्तो नतिजा निकालेर जितेको हो । विस्तारै टिम सेट भएको थियो । अहिले पनि  टोली सेट हुन्छ भन्ने विश्वास छ । ’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो