माघ ३, २०८२ शनिबार | १०:१३:०४
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

नेपाल सुपर लिगः साबिक विजेता काठमाडौं र इलाम भिड्दै

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)को दोस्रो संस्करण आजबाट सुरु हुँदैछ ।

उद्धघाटन खेलमा आज साबिक विजेता काठमाडौं रेजर्सले नवप्रवेशी टोली स्पोर्टिङ इलाम डि मेचीसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमामा साँझ ६ बजेदेखि सुरु हुनेछ ।

काठमाडौं यसपाली पनि पहिलो संस्करण उपाधि जिताएका प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा रहेको छ । महर्जन यसपाली पनि जर्सीमा स्टार थप्ने लक्ष्यमा छन् ।

प्रतियोगिताअघिको पत्रकार सम्मेलनमा महर्जनले क्लबको योजना यसपाली पनि उपाधि जित्ने रहेको बताएका थिए ।

‘यो वर्ष पनि जर्सीमा स्टार थप्ने योजना छ । राष्ट्रिय टोलीका खेलाडी, घरेलु खेलाडी र वैदेशिक खेलाडीको तालमेल एकदमै मिलेको छ । गत सिजन हामीले यही तालमेलको फाइदा उठाउँदै उपाधि जितेका थियौं । यसपाली पनि त्यही कथा दोहोरिनो विश्वास लिएको छु,’ महर्जनले बताए ।

राष्ट्रिय टोलीका स्ट्राइकर हिसुब थपलिया मार्की खेलाडी रहेको काठमाडौंले प्रतियोगिताका लागि कार्तिक १५ गतेबाट अभ्यास थालेको थियो । हिसुब पहिलो पटक एनएसएल खेल्दैछन् । उनले जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल क्लबको प्रतिनिधित्व गरेका थिए ।

पहिलो सिजनमै मार्की खेलाडी हुन पाएकोमा खुसी व्यक्त गरेका हिसुबले आफूमा थप जिम्मेवारी आएको बताएका थिए ।

‘मार्की खेलाडी भएकाले पक्कै पनि जिम्मेवारी छ । काठमाडौं साविक विजेता भएकाले चुनौती पनि त्यत्तिकै छ,’ हिसुबले भने, ‘तयारी राम्रो भइरहेको छ । टोली राम्रो छ । सोचेजस्तो होस भन्ने आश छ ।’

गत सिजन काठमाडौंको मार्की रहेको विकेश कुथुले इलामको नेतृत्व गर्नेछन् । क्लब परिवर्तन गरेपनि यसपाली पनि उपाधि जित्ने चाहना रहेको विकेशले बताए ।

‘गत सिजन काठमाडौंबाट उपाधि जित्यौ । यस पटक इलामबाट पनि जित्ने लक्ष्य छ,’ विकशले भने,‘ मलाई रोजेकोमा प्रशिक्षक र क्लबलाई धन्यवाद । म क्लबको विश्वासलाई न्याय दिने प्रयास गर्नेछु ।’

इलामको प्रशिक्षकमा छन्, घरेलु फुटबलका चर्चित प्रशिक्षक मेघराज केसी । गत संस्करण उनले चितवन एफसीको जिम्मेवारी सम्हालेका थिए ।

केसीले कम प्रशिक्षण समय भएता पनि क्लबको तालमेलमा कुनै समस्या नआउने बताए ।

‘अहिले आर्थिक मन्दीले गर्दा र बीचमा चाडवाडले गर्दा हामीले राम्ररी प्रशिक्षण गर्न पाएनौं । आम्दानी कम र खर्च बढी भएका कारणले गर्दा प्रशिक्षण छोटो भएको हुन सक्छ । तर, व्यावसायिक खेलाडी छन् भने तालमेल मिलाउन दुई हप्ता पनि काफी हुन्छ । त्यसका लागि खेलाडीहरुले फिटनेश कायम राख्नु पर्छ । खेलाडीहरुमा तालमेलको कमि छैन,’ केसीले भने ।

पौष १४ गतेसम्म चल्ने प्रतियोगितामा कुल ४० खेल हुनेछन् । प्रतियोगिताको विजेताले कम्तिमा पनि ७० लाख पाउने आयोजकले दाबी गरेको छ ।

कुल ९ टोली सहभागिता रहेको प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा खेलाइनेछ । शीर्ष चार स्थानमा रहने टोलीले क्वालिफायर्समा स्थान बनाउनेछन् । जसमा शीर्ष स्थानको टोलीले दोस्रो स्थानमा रहेको टोलीसँग पहिलो क्वालिफायर्समा प्रतिस्पर्धा गर्नेछ भने तेस्रो र चौंथोले इलिमिनेटरमा एकअर्कासँग खेल्नेछ । पहिलो क्वालिफायरमा जित हासिल गरे उसले फाइनलमा स्थान बनाउनेछ । पराजित टोली दोस्रो क्वालिफायर्समा इलिमिनेटरको विजेतासँग खेल्नेछ ।

काठमाडौंको टोलीः
हिसुब थपलिया (मार्की), दीपेश गुरुङ, अन्जन राई, अभिषेक बराल, कुलदीप कार्की, राजिभ लोप्चन, अमित तामाङ, खमिर गिल्सन कान्दङ्वा, प्रशान्त अवस्थी, राजाबाबु थापा, मौसम सुब्बा, जियारथ शेख, महेन्द्र कार्की, सुशीलकुमार यादव, रोहन खड्गी, जुआन ओलिभर सिमो कुन्गुइ, स्टेफन अबेकु अक्वाह, जुनियर अनगुइने, महमुदजोजिएभ शोखरुख, कोडिरयोङ युग्ली टोजिडिनोभ

इलामको टोलीः
विकेश कुथु (मार्की), विराज महर्जन, आशिष गुरुङ, नवीन लामा, सन्तोष खत्री, आशिष चापागाईँ, विमल पाण्डे, सौरभ लिम्बु, भरत खवास, जितेन्द्र कार्की, समिर श्रेष्ठ, आशिष राई, सुरोज बस्नेत, दीपेश घले, फोडे कमारा, एमेथ एन्डेउ, अब्डुलाए बा, इब्राहिमा जिते, बाडु एन्डाय

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate