चैत्र ६, २०८२ शुक्रबार | ०१:१८:४२
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

नेपाल सुपर लिगः साबिक विजेता काठमाडौं र इलाम भिड्दै

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)को दोस्रो संस्करण आजबाट सुरु हुँदैछ ।

उद्धघाटन खेलमा आज साबिक विजेता काठमाडौं रेजर्सले नवप्रवेशी टोली स्पोर्टिङ इलाम डि मेचीसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमामा साँझ ६ बजेदेखि सुरु हुनेछ ।

काठमाडौं यसपाली पनि पहिलो संस्करण उपाधि जिताएका प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा रहेको छ । महर्जन यसपाली पनि जर्सीमा स्टार थप्ने लक्ष्यमा छन् ।

प्रतियोगिताअघिको पत्रकार सम्मेलनमा महर्जनले क्लबको योजना यसपाली पनि उपाधि जित्ने रहेको बताएका थिए ।

‘यो वर्ष पनि जर्सीमा स्टार थप्ने योजना छ । राष्ट्रिय टोलीका खेलाडी, घरेलु खेलाडी र वैदेशिक खेलाडीको तालमेल एकदमै मिलेको छ । गत सिजन हामीले यही तालमेलको फाइदा उठाउँदै उपाधि जितेका थियौं । यसपाली पनि त्यही कथा दोहोरिनो विश्वास लिएको छु,’ महर्जनले बताए ।

राष्ट्रिय टोलीका स्ट्राइकर हिसुब थपलिया मार्की खेलाडी रहेको काठमाडौंले प्रतियोगिताका लागि कार्तिक १५ गतेबाट अभ्यास थालेको थियो । हिसुब पहिलो पटक एनएसएल खेल्दैछन् । उनले जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल क्लबको प्रतिनिधित्व गरेका थिए ।

पहिलो सिजनमै मार्की खेलाडी हुन पाएकोमा खुसी व्यक्त गरेका हिसुबले आफूमा थप जिम्मेवारी आएको बताएका थिए ।

‘मार्की खेलाडी भएकाले पक्कै पनि जिम्मेवारी छ । काठमाडौं साविक विजेता भएकाले चुनौती पनि त्यत्तिकै छ,’ हिसुबले भने, ‘तयारी राम्रो भइरहेको छ । टोली राम्रो छ । सोचेजस्तो होस भन्ने आश छ ।’

गत सिजन काठमाडौंको मार्की रहेको विकेश कुथुले इलामको नेतृत्व गर्नेछन् । क्लब परिवर्तन गरेपनि यसपाली पनि उपाधि जित्ने चाहना रहेको विकेशले बताए ।

‘गत सिजन काठमाडौंबाट उपाधि जित्यौ । यस पटक इलामबाट पनि जित्ने लक्ष्य छ,’ विकशले भने,‘ मलाई रोजेकोमा प्रशिक्षक र क्लबलाई धन्यवाद । म क्लबको विश्वासलाई न्याय दिने प्रयास गर्नेछु ।’

इलामको प्रशिक्षकमा छन्, घरेलु फुटबलका चर्चित प्रशिक्षक मेघराज केसी । गत संस्करण उनले चितवन एफसीको जिम्मेवारी सम्हालेका थिए ।

केसीले कम प्रशिक्षण समय भएता पनि क्लबको तालमेलमा कुनै समस्या नआउने बताए ।

‘अहिले आर्थिक मन्दीले गर्दा र बीचमा चाडवाडले गर्दा हामीले राम्ररी प्रशिक्षण गर्न पाएनौं । आम्दानी कम र खर्च बढी भएका कारणले गर्दा प्रशिक्षण छोटो भएको हुन सक्छ । तर, व्यावसायिक खेलाडी छन् भने तालमेल मिलाउन दुई हप्ता पनि काफी हुन्छ । त्यसका लागि खेलाडीहरुले फिटनेश कायम राख्नु पर्छ । खेलाडीहरुमा तालमेलको कमि छैन,’ केसीले भने ।

पौष १४ गतेसम्म चल्ने प्रतियोगितामा कुल ४० खेल हुनेछन् । प्रतियोगिताको विजेताले कम्तिमा पनि ७० लाख पाउने आयोजकले दाबी गरेको छ ।

कुल ९ टोली सहभागिता रहेको प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा खेलाइनेछ । शीर्ष चार स्थानमा रहने टोलीले क्वालिफायर्समा स्थान बनाउनेछन् । जसमा शीर्ष स्थानको टोलीले दोस्रो स्थानमा रहेको टोलीसँग पहिलो क्वालिफायर्समा प्रतिस्पर्धा गर्नेछ भने तेस्रो र चौंथोले इलिमिनेटरमा एकअर्कासँग खेल्नेछ । पहिलो क्वालिफायरमा जित हासिल गरे उसले फाइनलमा स्थान बनाउनेछ । पराजित टोली दोस्रो क्वालिफायर्समा इलिमिनेटरको विजेतासँग खेल्नेछ ।

काठमाडौंको टोलीः
हिसुब थपलिया (मार्की), दीपेश गुरुङ, अन्जन राई, अभिषेक बराल, कुलदीप कार्की, राजिभ लोप्चन, अमित तामाङ, खमिर गिल्सन कान्दङ्वा, प्रशान्त अवस्थी, राजाबाबु थापा, मौसम सुब्बा, जियारथ शेख, महेन्द्र कार्की, सुशीलकुमार यादव, रोहन खड्गी, जुआन ओलिभर सिमो कुन्गुइ, स्टेफन अबेकु अक्वाह, जुनियर अनगुइने, महमुदजोजिएभ शोखरुख, कोडिरयोङ युग्ली टोजिडिनोभ

इलामको टोलीः
विकेश कुथु (मार्की), विराज महर्जन, आशिष गुरुङ, नवीन लामा, सन्तोष खत्री, आशिष चापागाईँ, विमल पाण्डे, सौरभ लिम्बु, भरत खवास, जितेन्द्र कार्की, समिर श्रेष्ठ, आशिष राई, सुरोज बस्नेत, दीपेश घले, फोडे कमारा, एमेथ एन्डेउ, अब्डुलाए बा, इब्राहिमा जिते, बाडु एन्डाय

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो