माघ ३०, २०८१ बुधबार | १२:४०:३४
नेपाल आउँदै अञ्जिला मिचेल स्टार्चले च्याम्पियन्स ट्रफी नखेल्ने अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल समीकरण पूरा पहिलो लेगमा युभेन्टस विजयी पिएसजीको सहज जितमा डेम्बेलेको उत्कृष्ट प्रदर्शन म्यानचेस्टर सिटीविरुद्ध रियालको रोमाञ्चक जित एपिएफका १७ खेलाडी बढुवामा सद्भाव, इधान्त र‌ अभानी शीर्षस्थानमा रूपन्देही सुपर लिगः वेष्टर्न क्रिकेट क्लब च्याम्पियन मैत्रीपूर्ण खेलका लागि नेपाली युवा टोली घोषणा नेपाल आउँदै अञ्जिला मिचेल स्टार्चले च्याम्पियन्स ट्रफी नखेल्ने अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल समीकरण पूरा पहिलो लेगमा युभेन्टस विजयी पिएसजीको सहज जितमा डेम्बेलेको उत्कृष्ट प्रदर्शन म्यानचेस्टर सिटीविरुद्ध रियालको रोमाञ्चक जित एपिएफका १७ खेलाडी बढुवामा सद्भाव, इधान्त र‌ अभानी शीर्षस्थानमा रूपन्देही सुपर लिगः वेष्टर्न क्रिकेट क्लब च्याम्पियन मैत्रीपूर्ण खेलका लागि नेपाली युवा टोली घोषणा

एनएसएलः कम्तीमा पनि सेमिफाइनल पुग्ने पोखराको लक्ष्य

फाइल फोटो

काठमाडाैं । फ्रेन्चाइज टोली पोखरा थन्डर्सले नेपाल सुपर लिग ( एनएसएल) को दोस्रो संस्करणमा कम्तीमा पनि सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको छ ।

प्रतियोगिताअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा पोखराका प्रशिक्षक नवीन न्यौपानेले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘सबै टोलीको समस्या उस्तै हो । युवा खेलाडी भएकाले तालमेल मिलाउन अली गाह्रो हुन्छ । टिम सेट गर्न केही समय लाग्छ । पोखरामा राम्रा नेपाली खेलाडी छन् । युवा खेलाडी र विदेशी खेलाडीको समिश्रणले राम्रो नतिजा ल्याउने प्रयास हुनेछ,’ न्यौपानेले भने,‘ तीन वटा मेत्रीपूर्ण खेल खेल्यौं । टोलीमा सुधार हुँदैछ । हामी कम्तीमा पनि सेमिफाइनल सम्म पुग्ने लक्ष्यमा छौं ।

एनएसएलको दोस्रो संस्करण शुक्रबारबाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्सले नवआगन्तुक टोली स्पोर्टिङ इलाम एफसी डि मेचीको सामना गर्नेछ ।

पोखराले शनिबार एफसी चितवनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसपटक तीन नयाँसहित नौ टोलीले एनएसएलमा सहभागिता जनाउँदैछन् ।  

यसैगरी कप्तान आयुष घलानले टोलीमा युवा खेलाडी भएकाले केही सहज हुने बताए ।

‘टोलीका सबै जना मिलनसार नै हुनुहन्छ । युवा खेलाडी भएकाले केही सहज हुनेछ,’ घलानले भने,‘ सिनियर भन्दा आफ्नै उमेरका खेलाडीसँग कुराहरु सेयर गर्न सजिलो हुन्छ । उनीहरुको कमी कमजोरी भन्न पाइन्छ ।’


भिडियो
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु