माघ १८, २०८२ आइतबार | १३:०४:३९
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

अन्तर्राष्ट्रिय फुटबलमा राजेशको डेब्यू

काठमाडौं । गत जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९–८० मा कुपन्डोलको फ्रेन्ड्स क्लबबाट खेलेका फरवार्ड राजेश परियारले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन् ।

फिफा र एएफसीको प्रारम्भिक संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा राजेशले यमनविरुद्ध डेब्युको अवसर पाएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा राजेशले खेलको ७९ औं मिनेटमा अञ्जन विष्टलाई प्रतिस्थापन गरेका थिए । विश्वकप छनोटको दोस्रो चरणमा अन्तर्राष्ट्रिय डेब्युको अवसर पाउने राजेश चौंथो खेलाडी हुन् । यसअघि पहिलो खेलमा युएईविरुद्ध तीन खेलाडीले यो अवसर प्राप्त गरेका थिए । युएईविरुद्ध रक्षकहरु छिरिङ लामा, योगेश गुरुङ र अन्जन राईले पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएका थिए ।

राजेशले फ्रेन्ड्सअघि न्यु रोड टिम(एनआरटी)बाट शीर्ष डिभिजन खेलेका थिए ।

एन्फा एकेडेमीका राजेशले उमेर समूहका प्रतियोगिताहरुमा नेपालको प्रतिनिधित्व गरिसकेका थिए । ६ वर्ष अगाडि भुटानमा भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपमा नेपालले उपाधि जितेको थियो । त्यतिबेला राजेश टोलीका सदस्य थिए । भुटानमा राजेशसँगै नेपालको प्रतिनिधित्व गरेका सेसेहाङ आङ्दाङबे, एरिक विष्ट, दीनेश हेन्जन लगायतले आज यमनविरुद्ध खेलेका थिए ।

चार वर्ष अगाडि घरमै भएको दक्षिण एसियाली खेलकुद (साग)को १३ औं संस्करणमा नेपालले भुटानलाई हराएर स्वर्ण जितेको थियो । राजेश बालगोपाल महर्जनको नेतृत्वमा रहेको उक्त टोलीको पनि सदस्य थिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।