चैत्र ८, २०८२ आइतबार | १५:३२:३९
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

अन्तर्राष्ट्रिय फुटबलमा राजेशको डेब्यू

काठमाडौं । गत जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९–८० मा कुपन्डोलको फ्रेन्ड्स क्लबबाट खेलेका फरवार्ड राजेश परियारले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन् ।

फिफा र एएफसीको प्रारम्भिक संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा राजेशले यमनविरुद्ध डेब्युको अवसर पाएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा राजेशले खेलको ७९ औं मिनेटमा अञ्जन विष्टलाई प्रतिस्थापन गरेका थिए । विश्वकप छनोटको दोस्रो चरणमा अन्तर्राष्ट्रिय डेब्युको अवसर पाउने राजेश चौंथो खेलाडी हुन् । यसअघि पहिलो खेलमा युएईविरुद्ध तीन खेलाडीले यो अवसर प्राप्त गरेका थिए । युएईविरुद्ध रक्षकहरु छिरिङ लामा, योगेश गुरुङ र अन्जन राईले पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएका थिए ।

राजेशले फ्रेन्ड्सअघि न्यु रोड टिम(एनआरटी)बाट शीर्ष डिभिजन खेलेका थिए ।

एन्फा एकेडेमीका राजेशले उमेर समूहका प्रतियोगिताहरुमा नेपालको प्रतिनिधित्व गरिसकेका थिए । ६ वर्ष अगाडि भुटानमा भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपमा नेपालले उपाधि जितेको थियो । त्यतिबेला राजेश टोलीका सदस्य थिए । भुटानमा राजेशसँगै नेपालको प्रतिनिधित्व गरेका सेसेहाङ आङ्दाङबे, एरिक विष्ट, दीनेश हेन्जन लगायतले आज यमनविरुद्ध खेलेका थिए ।

चार वर्ष अगाडि घरमै भएको दक्षिण एसियाली खेलकुद (साग)को १३ औं संस्करणमा नेपालले भुटानलाई हराएर स्वर्ण जितेको थियो । राजेश बालगोपाल महर्जनको नेतृत्वमा रहेको उक्त टोलीको पनि सदस्य थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो