फाल्गुन ३, २०८२ आइतबार | १२:०८:१६
नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम

नेपालविरुद्ध यमनः घरेलु मैदानमा तीन अंक जोड्ने अवसर

काठमाडौं । बिहीबार नेपालले युएईविरुद्ध प्रतिस्पर्धा गर्दा सबै नेपाली फुटबल प्रेमीको एउटै अपेक्षा थियो, नेपालको प्रदर्शन सम्मानजनक रहोस् । जुन केही हदसम्म भयो पनि । सुरुआती हाफमा चार गोल खाएको नेपालले दोस्रो हाफमा घरेलु टोलीलाई गोल गर्न दिएन । तुलनात्मक रुपमा बलियो युएईविरुद्ध नेपालले सक्दो राम्रो खेलेकै हो । यो त भयो पहिलो खेलको कुरा ।

फिफा र एएफसीको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार (आज) यमनविरुद्ध खेल्दैछ । फिफा वरियताको कुरा गर्ने हो भने नेपाल यमनभन्दा १७ स्थान पछाडि छ । तर, दशरथ रंगशालामा नेपालले यमनविरुद्ध प्रतिस्पर्धा गरिरहँदा अपेक्षा सम्मानजनक प्रदर्शनको नभइकन स्पष्ट तीन अंक हासिल गर्ने हुनेछ । समर्थकको एउटै अभिलाषा हुनेछ, घरेलु भूमिमा यमनलाई हराएको हेर्ने ।

चेक प्रशिक्षक मिरोस्लाभ सौकोपको प्रशिक्षणमा रहेको यमनले पछिल्ला ६ अन्तर्राष्ट्रिय खेलमा एक खेल मात्र जितेको छ । यमनले छनोटको पहिलो चरणको पहिलो खेलमा दक्षिण एसियाली प्रतिद्धन्द्धी श्रीलंकालाई घरेलु भूमिमा ३-० ले हराएको थियो । त्यसअघिका तीन खेलमा यमन इराक, ओमान र साउदी अरबियासँग पराजित भएको थियो । पहिलो चरणको दोस्रो खेलमा श्रीलंकासँग बराबरीमा रोकिएको यमन दोस्रो चरणको पहिलो खेलमा बहराइनसँग घरेलु मैदानमा २-० ले पराजित भयो । यी ६ खेलमध्ये यमनले तीन खेल घर बाहिर खेलेको छ । जसमा उ जितविहीन छ । नेपाली प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस यसबारे जानकार छन् ।

नेपालको लय पनि त्यति बलियो छैन । पछिल्ला ६ खेलमा नेपालले एक खेल मात्र जितेको छ । पहिलो चरणको दोस्रो खेलमा नेपालले अवे खेलमा लाओसलाई १-० ले निराश बनाएको थियो । त्यसअघि नेपालले घरेलु भूमिमा लाओससँग १-१ को बराबरी खेल्दा म्यानमार र फिलिपिन्ससँग हार ब्यहोरेको थियो । म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्दा एक खेल बराबरीमा टुंगिएको थियो । पछिल्लो खेल उही युएईसँग भइहाल्यो । यी ६ खेलमध्ये नेपालले पाँच खेल घर बाहिर खेलेको छ । आज नेपालले घरेलु मैदानमा खेलिरहँदा यो कुराले पनि विशेष अर्थ राख्नेछ । भनिहालौं नेपालले ६ मध्ये पहिलो तीन खेल यही छनोटको तयारी स्वरुप खेलेका मैत्रीपूर्ण खेलहरु हुन् ।

समूह विजेता र दोस्रो हुने टोलीले छनोटको तेस्रो चरणका साथै २०२७ एसियन कपमा सोझै स्थान बनाउने भएकाले पनि आज हुने खेल दुबै टोलीलाई एकदमै महत्वपूर्ण रहनेछ । किनभने, समूह ‘एच’मा रहेका अन्य दुई टोली युएई र बहराइन तुलनात्मक रुपमा बलिया टोली हुन् । नेपाल र यमन आज तीन अंकका लागि खेल्नेछन् ।

अन्तर्राष्ट्रिय इतिहास यमनले एक पटक एएफसी एसियन कप खेलेको छ भने नेपालले यो अनुभव लिन पाएको छैन । २०१९ एसियन कप छनोटमा नेपाल तेस्रो चरणमा पुगेको थियो । त्यतिबेला नेपाल र यमन एकै समूहमा थिए । अन्य टोलीहरु थिए ताजिकिस्तान र फिलिपिन्स । त्यति नै बेला त हो, समूह उपविजेता बन्दै यमनले ऐतिहासिक पहिलो पटक एसियन कप खेलेको । त्यसअघि र त्यसपछि भएका एसियन कपमा यमन छनोट हुन सकेन । दशरथ रंगशालामा आज यो कुराले पनि अर्थ राख्नेछ ।

त्यतिबेला नेपालले यमनविरुद्ध हलचोक मैदानमा पहिलो लेग खेल्दा खेल बराबरीमा टुंगिएको थियो । दोस्रो लेगमा नेपाल २–१ ले पराजित भएको थियो । नेपालका लागि एकमात्र गोल स्ट्राइकर नवयुग श्रेष्ठले गरेका थिए । अहिले नवयुग टोलीमा  छैनन् । यमनका लागि दुवै गोल अब्दुल्लासी अल मुतारीले गरेका थिए । मुतारी अहिले टोलीका कप्तान हुन् । सोमबार सम्पन्न प्रि म्याच कन्फरेन्समा यिनै मुतारीले भनेका थिए, ‘टोलीमा ८० प्रतिशतभन्दा बढि खेलाडी पुरानानै छन् । अनुभवको कमी नभएका कारण नेपालविरुद्ध समस्या हुनेछैन ।’

त्यतिबेला नेपालका लागि प्रमुख खेलाडीमध्येका एक गोलकिपर किरण चेम्जोङ अहिले कप्तानको जिम्मेवारीमा छन् । यमनसँग खेलेका अन्य खेलाडी हुन्, रोहित चन्द, अनन्त तामाङ र अञ्जन विष्ट । बांकी खेलाडी अहिले टोलीमा छैनन् । कप्तान विराज महर्जनले सन्यास लिइसकेका छन् भने अन्य खेलाडी उज्जवल भविष्यको खोजीमा विदेशीएका छन् ।

अनुभवमा कमी भएपनि खेलाडीहरु मनोवैज्ञानिक रुपमा यमनविरुद्ध खेल्न तयार रहेको किरण बताउँछन् । 

‘नेपाल फर्केपछि गरेको अभ्यास राम्रो भएको छ । खेलाडीहरु मनोवैज्ञानिक रुपमा बलिया छन् र यमनविरुद्ध खेल्न तयार छन्,’ किरणले प्रि म्याचमा बोलेका थिए, ‘घरेलु मैदानमा खेल्न पाउँदा सबैजना उत्साहित छन् ।’

फुटबलमा अनुभवले एकदमै ठूलो भूमिका खेलेको हुन्छ । त्यत्तिकै यमनका कप्तान मुतारी खुलेर बोल्न सकेका होइनन् । नेपालको जितमा आज यही कुराले असर पार्न सक्छ । २३ सदस्यीय टोलीमध्ये यमनविरुद्ध ३ खेलाडीसँग अन्तर्राष्ट्रिय खेलको अनुभव हुने छैन । प्रशिक्षक एनेसले युएईविरुद्ध तीन खेलाडीलाई पहिलो पटक राष्ट्रिय जर्सी लगाउन दिए । रक्षक छिरिङ गुरुङले सुरुआती एघारमा नै अवसर पाउँदा अन्य रक्षकहरु योगेश गुरुङ र अन्जन राई वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरे ।

नयाँ खेलाडीको बाहुल्यता बावजुद प्रशिक्षक एनेस यमनविरुद्ध तीन अंक हासिल गर्नेमा आशावादी छन् ।

‘खेलाडीहरु फिट छन् । सबैलाई थाहा नै छ, यसपाली हामीसँग धेरै नयाँ खेलाडी छन् । यमनसँग पहिलो राजाईमा को को पर्नेछ, त्यसले पनि नतिजामा महत्वपूर्ण भूमिका खेल्नेछ,’ एनेसले बताएका थिए, ‘हामी उच्च स्तरको प्रदर्शन गर्न तयार छौं ।’

यमनका लागि आजका महत्वपूर्ण खेलाडी कप्तान मुतारी नै रहनेछन् । मिडफिल्डर मुतारी वर्तमान टोलीका सबैभन्दा धेरै अन्र्ताष्ट्रिय क्याप जित्ने खेलाडी हुन् । २९ वर्षिय मुतारीले ४९ खेलमा ११ गोल गरिसकेका छन् । त्यस्तै विंगर अहमद अल-सरुरी अर्का हेर्नलायक खेलाडी रहनेछन् । अल–सरुरीलाई रोक्न लेफ्ट ब्याक आशिष चौधरी शर्तक रहन आवश्यक छ । पछिल्ला केही खेलयता फरवार्ड आशिष लेफ्ट ब्याकका रुपमा प्रयोग हुँदै आएका छन् । आज उनको असली परिक्षा हुनेछ ।

नेपालका लागि प्रमुख खेलाडी हुनेछन् रोहित चन्द । युएईविरुद्ध दोस्रो हाफमा रोहितले राम्रो रक्षापङ्क्ति प्रस्तुत गरेका थिए । त्यहि कारण नेपाल थप गोल खानबाट जोगिएको थियो । हिमालयन टाईगर रोहितबाट यमनविरुद्ध पनि सोही प्रदर्शनको अपेक्षा रहनेछ । सर्वाधिक गोलकर्ताको कीर्तिमानबाट एक गोल पछाडि रहेका अन्जन विष्ट नेपालका लागि अर्का प्रमुख खेलाडी हुन् । यमनविरुद्ध गोल गरे अन्जन सबैभन्दा बढि अन्तर्राष्ट्रिय गोल गर्ने नेपाली खेलाडी हुनेछन् । अन्तर्राष्ट्रिय फुटबलमा अन्जन, हरि खड्का र निराजन रायमाझीले समान १३ गोल गरेका छन् ।

छुट्टाउनै नहुने अर्को कुरा, नेपाल आज युवा मिडफिल्डर लाकेन लिम्बुविना मैदान उत्रिनेछ । युएईविरुद्ध सुरुआती १५ मिनेटमै घाइते भएपछि लाकेन मैदान छाड्न बाध्य भएका थिए । लाकेनको अनुपस्थितिमा टिमलाई अवश्य पनि केही क्षति पुग्ने अनुमान गर्न सकिन्छ ।

 


भिडियो
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह