माघ ११, २०८२ आइतबार | ०३:४८:२३
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

उच्च स्तरको प्रदर्शन गर्नेछौंः प्रशिक्षक एनेस

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टों एनेसले यमनविरुद्ध उच्च स्तरको प्रदर्शन गर्ने बताएका छन्  ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले यमनको सामना गर्दैछ । फिफा र एएफसीको प्रारम्भिक संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले समूह ‘एच’ अन्तर्गत यमनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेलअघिको प्रि म्याच कन्फरेन्समा बोल्दै एनेसले तयारीका बारेमा बताएका हुन् ।

‘युएईसँगको खेलपछि टोलीको तयारी राम्रो भएको छ । पछिल्लो खेलमा धेरै गल्तीहरु भए । भोलि हामी अंक चाहान्छौं त्यसैले उच्च स्तरको प्रदर्शन गर्नेछौं । खेलाडीहरु फिट छन् । घरेलु भूमीमा समर्थकबीच हामी खेलको मजा लिनेछौं,’ एनेसले भने, ‘सबैलाई थाहा नै छ, यसपाली हामीसँग धेरै नयाँ खेलाडी छन् । यमनसँग पहिलो रोजाईमा को को पर्नेछ, त्यसले पनि नतिजामा महत्वपूर्ण भूमिका खेल्नेछ ।’

बिहीबार भएको दोस्रो चरणको पहिलो खेलमा नेपाल र यमन दुबै आ-आफ्ना खेलमा पराजित भएका थिए । नेपाल युएईसँग ४-० ले पराजित हुँदा यमनले बहराइनविरुद्ध २-० को हार ब्यहोरेको थियो ।

समूह विजेता र दोस्रो हुने टोलीले छनोटको तेस्रो चरणका साथै २०२७ एसियन कपमा सोझै स्थान बनाउने छन् । त्यसैले पनि  कमजोर मानिएका नेपाल र यमनका लागि मंगलबार हुने खेल निकै महत्वपूर्ण रहनेछ ।

युएईविरुद्ध पहिलो हाफमा चोट बोक्न पुगेका मिडफिल्डर लाकेन लिम्बु यमनविरुद्ध अनुपस्थित रहनेछन् । चोटकै कारण युएईविरुद्धको खेल गुमाएका रक्षक अनन्त तामाङको पुनारागमनले भने टोलीलाई केही राहत मिलेको छ ।

खेल नेपाली समय अनुसार साँझ ७ बजे  हुनेछ । एन्फाले यमनविरुद्ध टिकट मुल्य समेत निर्धारण गरिसकेको छ । साधारण प्यारापिटतर्फ चार सय रुपैँया र भिआईपी प्यारापिटतर्फ एक हजार रुपैँया तोकेको छ । एन्फाले राति खेल भएको हुँदा समर्थकको लागि तत्काल २५ बसको ब्यवस्था गरेको छ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate