चैत्र १५, २०८२ आइतबार | २३:२३:४२
कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज

बेल्जियमको जितमा लुकाकुको चार गोल

काठमाडौं । युरो २०२४ छनोटअन्तर्गत बेल्जियमले अजरबैजानलाई ५–० ले हराउँदा अनुभवी स्ट्राइकर रोमेलु लुकाकुले एक्लै चार गोल गरेका छन् ।

आइतबार राति लुकाकुले खेलको १७, २६ र ३०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । ३७ मिनेटमा अर्काे गोल थप्दै पहिलो हाफमै टोलीलाई ४–० को अग्रता दिलाएका थिए । ट्रोसार्डले अन्तिम मिनेटमा एक गोल थपे । यसअघि खेलको २४औं मिनेटमा अजरबैजानका इस्राफिलोभले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सिमित बन्यो ।

समूह ‘एफ’ बाट ६ जित र दुई बराबरीपछि २० अंक जोडेको बेल्जियमले युरोमा स्थान बनाइसकेको छ । दोस्रो स्थानमा रहेको अष्ट्रिया पनि युरोमा स्थान बनाउन सफल भयो ।

३० वर्षीय स्ट्राइकरले देशको लागि एक सय १३ खेलमा ८३ गोल गरिसकेका छन् । उनी देशको लागि सर्वाधिक गोल गर्ने अन्तर्राष्ट्रिय खेलाडीको सातौं स्थानमा छन् ।

पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले एक सय २८, इरानका अली डाइले १०९, अर्जेन्टिनाका लियोनल मेसीले १०६, भारतका सुनिल क्षेत्रीले ९३, मलेसियाका मोख्तर दहारीले ८९ र हंगेरीका फेरिन्क पुस्कसले ८४ गोल गरेका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो