माघ १९, २०८२ सोमबार | ०५:१९:३९
अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

बेल्जियमको जितमा लुकाकुको चार गोल

काठमाडौं । युरो २०२४ छनोटअन्तर्गत बेल्जियमले अजरबैजानलाई ५–० ले हराउँदा अनुभवी स्ट्राइकर रोमेलु लुकाकुले एक्लै चार गोल गरेका छन् ।

आइतबार राति लुकाकुले खेलको १७, २६ र ३०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । ३७ मिनेटमा अर्काे गोल थप्दै पहिलो हाफमै टोलीलाई ४–० को अग्रता दिलाएका थिए । ट्रोसार्डले अन्तिम मिनेटमा एक गोल थपे । यसअघि खेलको २४औं मिनेटमा अजरबैजानका इस्राफिलोभले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सिमित बन्यो ।

समूह ‘एफ’ बाट ६ जित र दुई बराबरीपछि २० अंक जोडेको बेल्जियमले युरोमा स्थान बनाइसकेको छ । दोस्रो स्थानमा रहेको अष्ट्रिया पनि युरोमा स्थान बनाउन सफल भयो ।

३० वर्षीय स्ट्राइकरले देशको लागि एक सय १३ खेलमा ८३ गोल गरिसकेका छन् । उनी देशको लागि सर्वाधिक गोल गर्ने अन्तर्राष्ट्रिय खेलाडीको सातौं स्थानमा छन् ।

पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले एक सय २८, इरानका अली डाइले १०९, अर्जेन्टिनाका लियोनल मेसीले १०६, भारतका सुनिल क्षेत्रीले ९३, मलेसियाका मोख्तर दहारीले ८९ र हंगेरीका फेरिन्क पुस्कसले ८४ गोल गरेका छन् । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।