काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी आवास लामिछानेलाई झापा एफसीले आईकोनिक खेलाडीको ?पमा अनुबन्ध गरेको छ । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण मंसिर ८ बाट सु? हुँदैछ ।
आवासलाई अनुबन्ध गरेको घोषणा गर्न पाउँदा झापाले उत्साहित भएको बताएको छ, ‘प्रभावशाली तथा उच्च क्षमतावान फुटबलर लामिछानेले आफ्नो असाधारण कौशल र अनुभव झापा एफसीमा ल्याएर लिगमा टोलीको सम्भावना बढाएका छन,’ झापा एफसीले भनेको छ ।
नेपाली राष्ट्रिय टोलीका लागि ९ खेल खेलेका आवास पछिल्लो खेलमा युएईसँगकाे खेलमा भने उपलब्ध भएनन् ।
उनी पारिवारिक समस्याका कारण विश्वकप छनोटका लागि राष्ट्रिय टोलीमा सामेल हुन नसकेका थिएनन्।
उनी नयाँ अवसरप्रति उत्साह भए, ‘झापा एफसीमा आबद्ध भएर नेपालको फुटबलको विकासमा योगदान पुर्याउन पाउँदा म गौरवान्वित छु । नेपाल सुपर लिग उत्कृष्ट मञ्च हो, र टोलीका लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आतुर छु ,’ आवासले भनेका छन् ।
झापाले पहिलो खेल मंसिर ११ गते स्पोर्टिङ इलाम एफसीसँग खैल्नेछ ।