वैशाख २६, २०८२ शुक्रबार | ११:३२:०७
टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता

गीताले सेथु एफसीबाट आईलिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी रक्षक गीता राणाले सेथु एफसीबाट आईलिग खेल्ने भएकी छन् ।

सेथुले गीतालाई २०२३–२४ सिजनका लागि अनुबन्ध गरेको छ । सेथुले सामाजिक सञ्जालमार्फत गीतालाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

गीता जारी सिजन सेथुमा अनुबन्ध हुने दोस्रो खेलाडी हुन् । गत महिना मात्र सेथुले नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पे सुब्बासँग सम्झौता नविकरण गरेको थियो ।

गतसिजन एन्जिलाले सेथुको कप्तानी सम्हालेकी थिइन् । त्यतिबेला क्लबले गीतालाई पनि अनुबन्ध गरेको थियो । तर, भुवनेश्वरमा भारतसँग भएको मैत्रीपूर्ण खेलका दौरान गीताले घुँडाको चोट बोक्न पुगेकी थिइन् । जसका कारण गीता लिग खेल्न बन्चित भएकी थिइन् ।


 

अघिल्लो सिजन सेथु सेमिफाइनलमा नेपाली टोलीकी मिडफिल्डर सरु लिम्बुसम्मिलित किक स्टार्ससँग पराजित भएको थियो । त्यसअघि खेलेको आठ खेलमा टोली अपराजित रहेको थियो ।

आईलिगको पहिलो खेलमा सेथुले डिसेम्बर ८ मा साविक विजेता गोकुलम केरेलासँग खेल्नेछ । दोस्रो खेल भने इष्ट बंगानसँग रहेको छ । गतसिजन सावित्रा भण्डारीसम्मिलित गोकुलम च्याम्पियन भएको थियो ।

यसपटक सात टोलीमात्रै लिगमा हुनेछन् । गोकुलम र सेथुसँगै किक स्टार्स, उडिसा एफसी, इष्ट बंगाल, होप्स एफसी र स्पोर्टस् उडिसाले सहभागिता जनाउनेछन् । लिग मार्चसम्म चल्नेछ ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP