काठमाडौं । रक्षक छिरिङ गुरुङले संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको फिफा विश्वकप २०२६ छनोट खेलमा डेब्यु गर्ने भएका छन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसले रक्षक छिरिङलाई डेब्यु गराउँदै पहिलो एघार सार्वजनिक गरेका हुन् । नेपालले साढे ९ बजे दुबईमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।
टोलीमा छिरिङले डेब्यु गर्दा सेसेहाङ आङ्देम्बेले एक वर्षपछि पुनरागमन गरेका छन् । मुख्य रक्षक अनन्त तामाङ घाइते भएर टोली बाहिर रहँदा छिरिङले मौका पाएका हुन् । उनी घरेलु फुटबलमा जावलाखेल युथबाट खेल्ने गर्छन् ।
गोलकिपरका किरण कुमार लिम्बू छन् । रक्षकमा छिरिङसँगै रोहित चन्द, सनिस श्रेष्ठ र आशिष चौधरी छन् । मिडफिल्डरमा लोकन लिम्बू, उत्सव राई र सेसेहाङ छन् ।
नेपालको अट्याकमा मनिष डांगी, अञ्जन विष्ट र जिलेस्पीजंग कार्की छन् । आज अञ्जनलाई हरी खड्का र निराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान ता्ेड्ने अवसर छ ।
नेपाली टोलीः
गोलकिपरः किरण कुमार लिम्बू (कप्तान)
रक्षकः छिरिङ गुरुङ, रोहित चन्द, सनिस श्रेष्ठ, आशिष चौधरी
मिडफिल्डरः लोकन लिम्बू, उत्सव राई, सेसेहाङ आङ्देम्बे
फरवार्ड: मनिष डांगी, अञ्जन विष्ट, जिलेस्पीजंग कार्की