वैशाख २९, २०८२ सोमबार | १८:१७:२०
झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि बार्सिलोना च्याम्पियन बराबरीमा रोकिए आर्सनल र लिभरपुल झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि बार्सिलोना च्याम्पियन बराबरीमा रोकिए आर्सनल र लिभरपुल

बार्सिलोना च्याम्पियन

काठमाडौं। रियाल बेटिसविरुद्ध ९-० ले को सानदार जित निकाल्दै बार्सिलोना लगातार छैटौं तथा समग्रमा १०औं पटक स्पेनिस महिला लिग च्याम्पियन बनेको छ ।

एक खेल अगावै च्याम्पिन बनेको बार्सिलोनाले २९ खेलमा ८१ अंक जोडेको छ । यो दोस्रो स्थानमा रहेको रियाल मड्रिडको भन्दा ६ अंक बढि हो ।

यता हारसँगै खेलबाट २३ अंकका साथ १५औं स्थानमा रहेको बेटिस रेलिगेसनमा परेको छ ।

आइतबार सिउडाड डेपोर्टिभा लुइस डे सोलमा पाउन टोली बार्सिलोनालाई जित दिलाउन क्लाउडिया पिनाले ह्याट्रिक गरिन्  । यसैगरी इवा पाजोर र एलेक्सिया पुटेलासले दुई तथा एस्मी ब्रुग्ट्स र आइटाना बोन्मतीले समान एक गोल गरे ।

खेलको तेस्रो मिनेटमै पाजोरको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । तीन मिनेटपछि नै पिनाले टोलीको अग्रता दोब्बर बनाइन् ।

पाउला भिजोसो प्रिएटोले २७औं मिनेटमा रातो कार्ड बेहोर्दै मैदान छाडेपछि बेटिस १० खेलाडीमा समेटियो ।

ब्रुग्ट्सले ४०औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरिन् । पिनाले ४९ र ५२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

बोन्मतीले ६०औं मिनेटमा गोल गर्दा बार्सिलोनाको अग्रता ६-० मा पुग्यो । त्यसको सात मिनेटपछि नै पुटेलासले गोल गरेपछि बार्सिलोना ७-० को स्थितीमा पुग्यो ।

पाजोरले ८३ र पुटेलासले ८६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ९-० को सानदार जित दिलाए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP