काठमाडौं । फिफा विश्वकप २०२६ को एसियाली छनोटमा अस्ट्रेलियाले बंगलादेशलाई ७–० ले हराएको छ ।
अस्ट्रेलियाको मेलबर्नमा भएको खेलमा जेमी म्याकलरेनले ह्याट्रिक गरे । जेमीले खेलको ४९, ७० र ८४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
मिचेल डुकले दुई गोल गरे । यसैगरी ह्यारी सौटर र ब्रान्डोन बेरेलोले समान एक गोल गरेका हुन् । अस्ट्रेलियाले पहिलो हाफमा चार गोल गर्दा दोस्रो हाफमा थप तीन गोल गरेको हो । खेलको अन्तिम मिनेटमा मासिमो लुओन्गोले पेनाल्टी चुकाउँदा अग्रता बढाउन सकेनन् ।
खेलभर अस्ट्रेलियाले २९ आक्रामण प्रहार गर्दा बंगलादेशले एक आक्रामण गरेको थियो । फिफा विश्वकप खेलिसकेको अस्ट्रेलियाले ७० प्रतिशत खेल नियन्त्रणमा राखेको थियो ।
जितपछि समूह ‘आई’ मा अस्ट्रेलियाले तीन अंक जोडेको छ । बंगलादेशले हारबाट विश्वकप छनोटको दोस्रो चरण सुरु गरेको छ । समूहमा लेबनान र प्यालेस्टाइन छन् ।
आज राति नै नेपालले संयुक्त अरब इमिरेट्स (युएईं)विरुद्ध राति साढे ९ बजे खेल्नेछ ।