वैशाख २९, २०८२ सोमबार | १७:१२:१९
जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि बार्सिलोना च्याम्पियन बराबरीमा रोकिए आर्सनल र लिभरपुल एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि बार्सिलोना च्याम्पियन बराबरीमा रोकिए आर्सनल र लिभरपुल एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका

युएईसँग डराएका छैनौँः प्रशिक्षक भिन्सेन्जो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसले संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध खेल्न नडराएको र बलियो चुनौती दिने बताएका छन् ।

खेलअघि बुधबार पत्रकार सम्मेलनमा उनले नेपाली टोली युवा रहेको र युएईसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताएका हुन् । ‘युएई हाम्रो समूहको एउटा बलियो टोली हो । तर हामीले पनि राम्रो तयारी गरेका छौँ । हाम्रो टोलीमा युवा खेलाडीहरुको बाहुल्यता छ । त्यसैले यो टोलीमा जोश छ । प्रशिक्षकको रुपमा मेरो टोलीले धेरै बलिया टोलीहरुसँग खेलेको मसँग अनुभव छ । त्यसैले बलिया टोलीहरुको स्तरबाट बिज्ञ छौ । युएई पनि राम्रो टोली हो तर डराएका छैनौ । म यसलाई हरेक पटक आउने नयाँ चुनौतीको रुपमा लिन्छु,’ प्रशिक्षक भिन्सेन्जोले भनेका छन् ।

नेपालले समूह ‘एच’ मा घरेलु टोली युएई विरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्नेछ । खेल राति साढे ९ बजे सुरु दुबईमा हुनेछ । समूह ‘एच’ मा नेपाल र युएईसँगै बहराइन र यमन छन् । नेपाल समूहको कमजोर टोली मानिन्छ । नेपालको समूहमा युएई नै बलियो टोली हो । हाल युएई फिफा वरियताको ६९औं स्थानमा छ । नेपाल एक सय ७३औं स्थानमा छ ।

यसअघि नेपालले अघिल्लो महिना लाओसलाई पहिलो चरणमा हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो । प्रशिक्षक भिन्सेन्जोले युईससँग खेल्न उत्साहित भएको र गम्भिर रहेको बताएका छन् । ‘म उत्साहित पनि छु की युएईको नाम चलेको पोर्चुगिज प्रशिक्षक छन् । हामी आफ्नो खेलमा गम्भीर हुनेछौ र उत्कृष्ट प्रदर्शन गर्नेछौं,’ भिन्सेन्जोले  खेलअघि भनेका छन् । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP