काठमाडौं । जर्मन महारथी बायर्न म्युनिखले अस्ट्रेलियाका उदाउँदा फुटबलर नेस्टोरी इरानकुन्डालाई अनुबन्ध गरेको छ । १७ वर्षिय फरवार्ड इरानकुन्डा अर्को वर्ष जर्मन च्याम्पियन बायर्नमा भित्रिनेछन् । इरानकुन्डा, ९ फेब्रुअरी २०२४ मा १८ वर्षका हुँदैछन् ।
बायर्नका युवा विकास निर्देशक जोकेन सावरका अनुसार इरानकुन्डामाले युरोपियन लिग खेल्ने सम्भावना छ ।
‘इरानकुन्डा केही समययता हाम्रो नजरमा थियो । आज हामी इरानकुन्डासँग सम्झौता गर्न पाएकोमा खुसी छौं । हामी एडिलेड युनाइटेडप्रति आभारी छौं । हामी युनाइटेड व्यवस्थापनप्रति सकारात्मक वार्तलाप भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौं । इरानकुन्डा एकदमै छिटो र छरिटो विंगर हुन् । ड्रिबिलिङ र फिनिसिङमा इरानकुन्डाको जवाफ छैन । हामी उनको साम्भावनाप्रति विश्वस्त छौं, ’ सावरले बताए ।
इरानकुन्डाले अहिले अस्ट्रेलियाको यु-१७ टोलीबाट खेलिरहेका छन् । तर, उनलाई सिनियर टोलीमा बोलाइसकेको छ । तान्जेनिया जन्मेका इरानकुन्डाले एडिलेड युनाइटेडबाट ३९ खेल खेलेका छन् । जसमा उनले ९ गोल र २ असिस्ट दिइसकेका छन् ।
‘जारी सिजन सकिन अझै धेरै समय बाँकी छ । इरानकुन्डाले आगामी केही महिना अस्ट्रेलियन लिगमै खेल्नेछन् । त्यहाँ उनले आफ्नो खेल कौशलतामा थप निखार ल्याउनेछन्,’ निर्देशक सावरले बताए ।