काठमाडौं । तीन नयाँ अनुहारलाई समेट्दै इङ्ल्यान्डले युरो २०२३ छनोट खेल खेल्न टोली घोषणा गरेको छ ।
टोलीमा रहेका सिनियर खेलाडी जेम्स म्याडिसन, कलुम विलसन र लेविस डङ्क घाइते भएपछि पहिलो पटक तीन नयाँ अनुहारले स्थान बनाएका हुन् ।
चेल्सीका कोल पाल्मर, म्यानचेष्टर सिटीका रक्षक रिको लेविस र एष्टर भिल्लाका एजरी कोन्साले स्थान बनाएका छन् । तीन खेलाडीले इङ्ल्यान्डको उमेर समूहबाट खेलिसकेका छन् ।
इङ्ल्यान्डले नोभेम्बर १७ मा माल्टा र २० नोभेम्बरमा म्यासेडोनियासँग खेल्दैछ । समूह ‘सी’ मा रहेको इङ्ल्यान्ड युरोमा छनोट भइसकेको छ । ६ खेलबाट अपराजित रहँदा १६ अंक जोडेको छ ।
युक्रेन १३ अंकसहित दोस्रो र १० अंकको इटाली तेस्रो स्थानमा छन् । सात अंकको म्यासेडोनिया चौथो र माल्टा बिना अंक पुछारमा छ ।
दुई खेलमा रियाल मड्रिडबाट स्ट्राइकर जुड वेलिंघम खेल्ने या नखेल्ने टुंगो लागेको छैन । उनी पनि पछिल्लो खेलमा घाइते भएका थिए ।