चैत्र १८, २०८२ बुधबार | १४:५३:०४
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

रोङ गाउँपालिकाको सहज जित

काठमाडौ । इलामको रोङ गाउँपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा मंगलबार हुम्लाको सिमीकोट गाउँपालिकामाथि ११-० को सहज जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा समूह ‘इ’ अन्तर्गतको खेलमा रोङलाई जित दिलाउन प्लेयर अफ दी म्याच इन्दिरा राई एक्लैले पाँच गोल गरिन् । अनिता राईले ह्याट्रिक तथा विमला बिक, अनिशा राई र दिपा राईले एक/एक गोल गरे । प्लेयर अफ दी म्याच भएवापत इन्दिराले पुरस्कारस्वरुप पाँच हजार रुपैयाँ प्राप्त गरिन् ।

जितपछि रोङ दुई खेलमा चार अंक जोड्दै समूहको शीर्ष स्थानमा छ । रोङले पहिलो खेलमा काठमाडौं महानगरपालिकासँग १-१ को बराबरी नतिजा निकालेको थियो ।

प्रतियोगितामा बुधबार तीन खेल हुनेछन् । पहिलो खेलमा समूह 'एफ'का गैडाकोट नगरपालिका र हेटौंडा उपनगरपालिकाले बिहान नौं बजे प्रतिस्पर्धा गर्नेछन् भने दिउँसो १२ बजे दोस्रो खेलमा समूह 'जी'का पोखरा महानगपालिका र कैलालीको गोदावरी नगरपालिकाले एक-अर्कासँग भिड्नेछन् । बुधबारको अन्तिम खेल अन्तिम खेल समूह 'एच' का धनकुटा नगरपालिका र धनगढी उपनगरपालिकाबीच दिउँसो ३ बजे हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो